सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रकको ठक्करबाट तीन जनाको घटनास्थलमै मृत्यु


  •    /१६ असार २०७६, सोमबार २१:२४ 
  • सिरहा । सिरहाको पडरिया चोक नजिक आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । म्याजिक भ्यानलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा घटनास्थलमै उनीहरुको मृत्यु भएको हो ।दुर्घटनामा पन्ध्र जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१ज ७४५४ नंको म्याजिक भ्यान रोकेर यात्रु चढाउँदै गर्दा सोही दिशाबाट जाँदै गरेको ना८ख २४१५ नंको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिनुभयो । घटनामा पुरानो चोहर्वाका ४० वर्षीय गणपति महरा, सिरहा बरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम तथा नाम र ठेगाना नखुलेको एक महिलाको मृत्यु भएको भएको छ । घाइतेको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहको छ ।    

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
    • थलथलेमा खानेपानीको समस्या हट्यो
    • तातो हावाको लहर कायमै रहने सम्भावना
    • सुनचाँदीको मूल्य घट्यो
    • विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.