काठमाडौं । कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।
पाँच महिनासम्म जीवनसँग कठिन संघर्ष गर्दा गर्दै, चिकित्सकको लाखौं कोशिसका बाबजुत कामना न्युज पब्लिकेसन प्रा.लि. का प्रधान सम्पादक श्रेष्ठलाई बचाउन नसकिएको पब्लिकेसनले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उनको आज बुधबार विहान ११ बजेर ५९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
‘करिब साढे पाँच महिना अघि श्रेष्ठको नाकमा समस्या भएका कारण राजधानीको बयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गए’ विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य स्थितिमा समस्या बढ्दै गएका कारण श्रेष्ठलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएका थियो । नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरुले उनलाई Guillain-Barré syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो ।
मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याइएको र काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेपारीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।
श्रेष्ठको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उनमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि एक महिना अघि नेपाल मेडिसिटी अस्पताल पुर्याएर सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार गर्दै गर्दा स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेपछि पहिलेदेखि नै उनको उपचारमा संलग्न चिकित्सकसँगको परामर्श र भारतीय चिकित्सकको सुझाव अनुरुप पुनः नर्भिक अस्पतालमा नै राखेर उनको उपचार हुँदै आएको कामना पब्लिकेसनले विज्ञप्ती निकालेर जानकारी दिएको छ । स्वर्गीय श्रेष्ठको आज बुधबार दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कामना न्यूज पब्लिकेसनले जनाएको छ ।
काठमाडौं । कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।
पाँच महिनासम्म जीवनसँग कठिन संघर्ष गर्दा गर्दै, चिकित्सकको लाखौं कोशिसका बाबजुत कामना न्युज पब्लिकेसन प्रा.लि. का प्रधान सम्पादक श्रेष्ठलाई बचाउन नसकिएको पब्लिकेसनले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उनको आज बुधबार विहान ११ बजेर ५९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
‘करिब साढे पाँच महिना अघि श्रेष्ठको नाकमा समस्या भएका कारण राजधानीको बयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गए’ विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य स्थितिमा समस्या बढ्दै गएका कारण श्रेष्ठलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएका थियो । नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरुले उनलाई Guillain-Barré syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो ।
मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याइएको र काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेपारीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।
श्रेष्ठको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उनमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि एक महिना अघि नेपाल मेडिसिटी अस्पताल पुर्याएर सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार गर्दै गर्दा स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेपछि पहिलेदेखि नै उनको उपचारमा संलग्न चिकित्सकसँगको परामर्श र भारतीय चिकित्सकको सुझाव अनुरुप पुनः नर्भिक अस्पतालमा नै राखेर उनको उपचार हुँदै आएको कामना पब्लिकेसनले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
स्वर्गीय श्रेष्ठको आज बुधबार दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कामना न्यूज पब्लिकेसनले जनाएको छ ।