सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दावी


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार ११:३७ 
  • काठमाडौँ, ७ जेठ ।कोभिड–१९ महामारीमा अपाङ्गता भएका व्यक्ति थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् ।

    स्वावलम्बन जीवनपद्दति केन्द्र–पोखराले कोभिड महामारीमा अपाङ्गता भएका व्यक्तिको अवस्था र मिडियाको भूमिका विषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रममा सहभागीले विभिन्न कारणले अपाङ्गगता भएकाको अधिकारलाई स्थापित गर्न सञ्चारमाध्यमले अपा¬ङ्गमैत्री शब्द र सामग्री प्रयोग गर्न आग्रह गरेका हुन् ।

    दृष्टिविहीन पत्रकार एवं कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यममा अझै पनि अपाङ्गता भएका समुदायलाई होच्याउने र विभेद गर्ने खालका शब्द प्रयोग गरिएका समाचार प्रकाशन तथा प्रसारण हुँदै आएको बताउनुभयो । आम नागरिकलाई सुसूचित गराउने सशक्त माध्यम र सञ्चारकर्मीले अपाङ्गतामैत्री भाषाको प्रयोग नगरिदिँदा यस क्षेत्रका व्यक्तिको आत्मसम्मानमा चोट पुग्न गएको उहाँको भनाइ थियो । उहाँले शारीरिक अङ््ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइका आधारमा १० प्रकारको अपाङ्गता भएको जानकारी दिनुभयो । उहाँका अनुसार शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, दृष्टिविहीनता, न्यून दृष्टियुक्त, पूर्ण दृष्टिविहीन, सुनाइसम्बन्धी अपाङ्गता, बहिरा, सुस्त श्रवण, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइसम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिज्मसम्बन्धी अपाङ्गता, बहुअपाङ्गता रहेको छ ।

    केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले शारीरिक, मानसिक बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अपाङ्गता भएकाहरुको जनजीवन सहज हुन नसकेको बताउनुभयो । उहाँले अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभाकारी ढङ्गले समाजिक जीवनमा सहभागी हुन बाधा भएको यथार्थ प्रस्तुत गर्दै सञ्चारमाध्यमा अपाङ्गताका मुद्दालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

    उक्त भर्चुअल कार्यक्रममा सहभागी हुँदै संस्थाका परियोजना अधिकृत लोकप्रसाद ढकालले सञ्चारमाध्यममा पर्याप्त साङ्केतिक भाषा प्रयोग नभएको, टेलिभिजनमा आएका क्याप्सनहरू अपाङ्गता भएका व्यक्तिले देख्ने र बुझ्नेखालको नभएको बताउनुभयो । केन्द्रका महासचिव अञ्जना केसीले अपाङ्गता भएका व्यक्तिको समाचार सञ्चारमाध्यममा आए पनि अझै गम्भीर समस्या समेटिएका कथाव्यथा बाहिर आउन नसकेको बताउनुभयो ।

    सञ्चारमाध्यमका सूचना अधिकांश अटिज्म, बहुअपाङ्गता भएका, बहिरा समुदाय र बौद्धिक अपाङ्गता भएका व्यक्तिको पहुँचमा पुग्न नसकेको उहाँको भनाइ थियो । केसीले कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका बीस पत्रकारले अपाङ्गतासम्बन्धी प्रयोग हुने शब्दावली एवं त्यसको अर्थ र अपाङ्गतासम्बन्धी अधिकारका विषयमाथिको छलफलमा सक्रिय सहभागिता जनाएको जानकारी दिनुभयो । यसअघि केन्द्रले महामारीका समयमा सूचना, सञ्चार र सेवासुविधामा अपाङ्गता भएका व्यक्तिको पहुँचको अवस्थासम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.