सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार ११:१४ 
  • काठमाडौँ, ७ जेठ । काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन शिल गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ गते राति १२ बजेसम्म नगरपालिका शिल गर्ने निर्णय गरेको राससलाई जानकारी दिनुभयो । नगरपालिका शिल भएसँगै बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।

    नयाँ भेरिएन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताउनुभयो । खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न दिइएको छ ।

    त्यसैगरी पशुपक्षीको दाना, कृषि प्रयोजनका बीउबिजन, कृषि उत्पादन, औषधि उद्योगलगायत फोहरमैला बोक्ने सवारी साधनलाई शिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ । नगरपालिका शिल भएपछि उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सुरक्षा जाँच कडा पारिएको छ ।

    अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधनबाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । नगरपालिकाकाले भेरोसिल खोपको दोस्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध गरेको छैन । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको कार्ड देखाएर तोकिएको खोप केन्द्रसम्म आवतजावत गर्न दिइने नगर प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.