सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बादलले माधव नेपाल पक्षका कति मत पाए ?


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १०:३३ 
  • काठमाडौं, ७ जेठ । बिहीवार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमालेको माधव नेपाल पक्षका केही जनप्रतिनिधिले सो समूहको निर्देशन विपरित सूर्य चिन्हमा मतदान गरेको खुलेको छ ।

    माधव नेपाल पक्षले खिमलाल देवकोटालाई मतदान गराउन अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे लगायतका नेताहरुलाई मैदानमा खटाएको थियो । तर नेपाल पक्षका कम्तिमा ८ जना प्रदेश सभा सदस्य र ६ जना स्थानीय तहका प्रमुख-उप प्रमुखले राम बहादुर  थापा बादललाई मतदान गरेको वागमती प्रदेशका मन्त्री केशव पाण्डेले दावी गरेका छन् ।

    एमालेका प्रदेशसभामा कुल ५७ जना सांसद रहेकोमा पशुपति चौलागाईको निधनपछि ५६ जना छन् । तीमध्ये संस्थापन पक्षमा ३५ जना र माधव नेपाल पक्षमा २१ जना थिए ।

    मतगणनामा रहेका पाण्डेका अनुसार बादलले प्रदेश सभातर्फ एमालेको ४५ मत प्राप्त गरेका छन् । बादललाई राप्रपाका दुई प्रदेश सभा सदस्यले मतदान गरेका छन् ।

    यस हिसाबले एमालेको संस्थापन पक्षका ३५ र राप्रपाका २ बाहेक अन्य ८ मत एमालेको माधव नेपाल पक्षबाट प्राप्त भएको हिसाब पाण्डेको छ ।

    ‘बादललाई कांग्रेस र माओवादीका प्रदेश सभा सदस्यले मत दिने कुरा भएन,नेमकिपाको आफ्नै उम्मेदवार थिए र विवेकशील साझाका तीन सांसदले कतै मतदान गरेनन्’ पाण्डेले भने ‘एमाले विखण्डनको पक्षमा १३ जनामात्र उभिए’ ।

    त्यस्तै स्थानीय तहबाट बादलले १०३ जना प्रमुख र उपप्रमुखको मत पाएका छन् । वागमतीमा एमालेका कुल १३३ जना प्रमुख र उपप्रमुख मतदाता थिए ।

    ती मध्ये केपी ओली पक्षमा ८५ जना खुलेका थिए भने माधव पक्षमा ३८ जना खुलेका थिए । बाँकी १० जना दुवैतिर नखुलेका थिए । बादलले १०३ मत पाउनुले तटस्थ रहेका सबैले बादललाई मत दिँदा ९५ पुग्छ भने राप्रपाका दुईजनाले मत दिएको अवस्थामा ९७ मत पुग्छ ।

    बादलले पाएका बाँकी ६ मत माधव नेपाल पक्षका रहेको एमालेको आँकलन छन् ।

    माधव नेपालले जनप्रतिनिधिलाई स्वविवेक प्रयोग गर्न भनेकाले कतिपय मतदाताले सूर्यमा मत दिएको हुनसक्ने नेपालपक्षका नेताहरु बताउछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.