सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मतपत्र च्यात्नेलाई एक/एक लाख रुपैयाँ जरीवाना, फैसलाबाट देवी ज्ञवाली पनि खुसी


  •    /१६ असार २०७६, सोमबार २०:३५ 
  • चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा दुई वर्षअघि मतपत्र च्यात्ने तत्कालीन एनेकपा माओवादी (हाल नेकपा)का दुई कार्यकर्तालाई चितवन जिल्ला अदालतले जनही एकलाख रुपैयाँ जरीवानाको सजाय तोकेको छ । निर्वाचन कसुर सम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेलाई आज एक/एक लाख रुपैयाँ जरीवाना तोकेको हो । अदालतले गत जेठ ३० गते नै दोषी ठहर गरेका उनीहरुलाई न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उक्त सजाय तोकेको हो ।

    भरतपुर महानगरपालिकाको निर्वाचनको मतगणना अन्तिम हुँदैगर्दा मेयर पदका उम्मेदवार देवी ज्ञवालीको पल्ला भारी देखेपछि सोही पदका प्रतिष्पर्धी रेनु दाहालको मतगणना प्रतिनिधि बसेका शिवाकोटी र न्यौपानेले मतपत्र च्यातेका थिए । २०७४ जेठ १४ गते राति भरतपुर १९ को मतगणना सकिदै लाग्दा मतपत्र च्यातिएको थियो । त्यसपछि भरतपुर १९ मा पुनः मतदान भएको थियो । पुनः मतदान भएपछि दाहालले मतगणना गर्न बाँकी वडा नम्वर १९ र २० को गणनामा दुई सय तीन मत बढी पाएर विजयी भएकी थिइन् ।

    मतपत्र च्यात्नेलाई जरीवानाको फैसलापछि मेयर पदका प्रतिष्पर्धी देवी ज्ञवालीले खुसी व्यक्त गर्नुभएको छ । अदालतको फैसलाबाट अपराध गर्नेहरु दोषी ठहर हुनुले देशमा कानुनी शासन जीवितै रहेको प्रमाणित भएको उहाँको प्रतिक्रिया छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.