सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बौदीकाली र बुलिङटार क्षेत्रमा १४ खानेपानी आयोजना


  •    न्युजभित्तो/६ जेष्ठ २०७८, बिहीबार १५:०२ 
  • कावासोती, ६ जेठ । जिल्लाको पहाडी क्षेत्रमा खानेपानीको समस्या रहेको छ । बस्तीहरु डाँडामा हुने र पानीका मुहान बस्तीदेखी तल हुदा घण्टौं लाएर पिउने पानी ल्याउनुपर्ने पहाडी क्षेत्रका बासिन्दाको प्रमुख समस्या रहने गर्दछ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको पहाडी क्षेत्रमा दुईवटा स्थानीय तहमा यो समस्या धेरै रहेको छ ।

    जिल्लाको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदीकाली र बुलिङटार गाउँपालिकाको सबै जसो क्षेत्रमा खानेपानीको समस्या रहेको छ । यसै समस्या समाधानकालागि यी क्षेत्रमा अहिले १४ वटा खानेपानीका आयोजना सञ्चालनमा रहेका छन् । स्थानीय तहको समन्वय तथा गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको लागतमा खानेपानी आयोजना निर्माणाधिन छन् । बौदीकाली गाउँपालिकामा ११ वटा खानेपानीका आयोजना निर्माणको क्रममा रहेका छन् । बौदीकालीकामा एकमा रु. ७४ लाख लागतका मिथुकरम खानेपानी आयोजना निर्माणाधिन छ ।

    एकमानै मिथुकरम लिफ्ट खानेपानी आयोजना रु. १७ लाख बजेटमा सञ्चालनमा छ । वडा नं. दुईमा रु. ८० लाख लागतमा डेढगाउँ बृहत खानेपानी आयोजना चलिरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ एकाइ कार्यालय नवलपुरका कार्यालय प्रमुख महेन्द्रराज आचार्यले बताउनुभयो । बौदीकालीकै दुई नं. वडामा रु.१७ लाखको बजेटमा ओडारे खानेपानी आयोजना, तीनमा रु.१२ लाखमा घचेडी खानेपानी आयोजना, चार नम्बर वडामा रु.१७ लाखको टिविआर खानेपानी आयोजना, रु. १७ लाखकै बाहुनथर खानेपानी आयोजना ,वडा नम्बर ६ मा रु.१७ लाखको पुरानो नरम खानेपानी आयोजना, रु.१७ लाखमा माझडाँडा खानेपानी आयोजना यहाँ निर्माणको क्रममा रहेको प्रमुख आचार्यले बताउनुभयो ।

    करिब रु. १ करोडमा बाँझोबारी खानेपानी आयोजना निर्माणकै क्रममा छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको रु. तीस लाख बजेटको अमृत धारा खानेपानी आयोजना बनिरहेको छ । “विकट पहाडी गाउँपालिका भएकाले खानेपानी यहाँको प्रमुख समस्या हो, टाकुरामा खानेपानीको समस्या वर्षौदेखी भोगिरहेका छौं”, बौदीकालीका गेसबहादुर रानाले भन्नुभयो, “तर अहिले यहाँ निर्माणको क्रममा रहेका खानेपानी आयोजनाले समस्या समाधान होला भन्ने आस छं ।” जिल्लाकै पहाडी क्षेत्र अन्र्तगत पर्ने बुलिङटार गाउँपालिकामा प्रदेश सरकारमार्फत तीन खानेपानीका आयोजना निर्माणाधिन छन् ।

    बुलिङटार २ मा रु. १२ लाखको डाँडाझेरी खानेपानी आयोजना, तीनमा रु. १२ लाखको कामीडाँडा बस्ती जल उत्पन्न बालविकास प्रावी खानेपानी आयोजना र ६ मा गाग्रीखोला खानेपानी अयाोजना रु. बाह्र लाखमा बनिरहेको सव इञ्जिनियर विश्वदिप देवकोटाले बताउनुभयो । गण्डकी प्रदेशको ‘एक घर, एक धारा’ भन्ने योजनालाई सार्थकता दिन खानेपानीका पहुँच नभएका क्षेत्रमा आयोजना चलिरहेको प्रमुख आचार्यले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.