सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरक्षा निकायलाई शान्ति, सुरक्षा र कोरोना नियन्त्रणमा परिचालन हुन गृहमन्त्री थापाको आग्रह


  •    न्युजभित्तो/६ जेष्ठ २०७८, बिहीबार १४:१४ 
  • मकवानपुर ६ जेठ । गृहमन्त्री रामबहादुर थापाले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ ।

    उहाँले आज बिहान हेटौँडामा वाग्मती प्रदेशका सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतसँग भेटघाट गर्दै कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गरेर जनतालाई कोरोनाबाट भयभित हुनबाट मुक्त तुल्याई उनीहरुको उपचार कार्यमा सहजीकरण तुल्याउन सम्बन्धित कार्यालय प्रमुखले आफ्नो स्रोत साधन परिचालन गरी सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

    मन्त्री थापाले प्रदेशका हरेक जिल्लामा जनतालाई शान्ति, सुरक्षा मानवअधिकारको प्रत्याभूति दिलाउन एवं अपराध नियन्त्रणका लागि सङ्घीय सरकारले हरप्रयासका साथ सीमित स्रोत साधन परिचालन गरी जनतालाई विश्वस्त तुल्याउन सरकार कटिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।

    मन्त्री थापालाई मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले मकवानपुर जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रणका लागि भइरहेको प्रयास जिल्लाको शान्ति सुरक्षाको अवस्था र जिल्लामा हाल जनतालाई पु¥याउनैपर्ने सेवाको लागि सामान्यरूपमा भए पनि कर्मचारी राखेर सेवा सुविधा दिइएको पनि जानकारी दिनुभएको थियो । गृहमन्त्री थापाले जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनका विभिन्न कार्यकक्षको पनि अवलोकन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.