सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेजले क्रिटिकल केयरको निःशुल्क तालिम दिने


  •    न्युजभित्तो/६ जेष्ठ २०७८, बिहीबार १२:२१ 
  • चितवन, ६ जेठ । चितवन मेडिकल कलेज (सिएमसी) ले क्रिटिकल केयरको निःशुल्क तालिम दिने भएको छ । कोभिड १९ व्यवस्थापनमा क्रिटिकर केयर सेटअप सम्बन्धी तालिम दिने भएको हो ।

    कलेजका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेका अनुसार जेठ ७ गतेदेखि शुरु हुने तालिम भर्चुअल माध्यमबाट हुनेछ । मुख्य गरी पश्चिम नेपालमा अधिक कोभिडका बिरामी भएका अस्पतालका आईसियूमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तालिम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “क्षमताभन्दा बढी कोभिडका बिरामी भएका अस्पतालमा तालिमको अवसर नपाएका जनशक्तिले आईसिूमा काम गरिरहेका छन् । उनीहरुलाई दक्ष बनाउनु हाम्रो उद्देश्य हो ।”

    तालिमको अवसर नपाएका आईसियूमा काम गरिरहेका नर्स, एमओ, रेसिडेन्ट, एनेस्थेसियोलोजिष्ट, इन्टनल मेडिसिन कन्सल्टेन्टहरुका लागि यो तालिम उपयोगी हुने न्यौपानेको भनाई छ । कलेजका पल्मोनरी मेडिसिन र क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका स्पेशलिष्ट प्राध्यापकहरुले तालिम दिने उहाँले जानकारी दिनुभयो ।

    तालिम पश्चात् परीक्षा लिईने छ । उक्त परीक्षा उत्तीर्ण हुनेलाई तालिममा उत्तीर्ण भएको प्रमाणपत्र र उत्तीर्ण हुन नसक्नेहरुलाई तालिममा सहभागि भएको प्रमाणपत्र दिने व्यवस्था रहेको कलेजले जनाएको छ । कलेजका वेभसाईड www.cmc.edu.np मा गएर निःशुल्क नाम दर्ता गर्न सकिने व्यवस्था रहेको छ । तालिम हरेक दिन साँझ ८ बजेदेखि नौ बजेसम्म हुनेछ । तालिममा १५ वटा भिन्दाभिन्दै कक्षाहरुमा आवश्यकता अनुसार भिडियो तयार गरी सहभागीलाई देखाईने छ । यो अवसरको सदुपयोग गरी मानवीय सेवामा लाग्न प्रा.डा. न्यौपानेले आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.