सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्‍यु


  •    न्युजभित्तो/६ जेष्ठ २०७८, बिहीबार १२:०४ 
  • काठमाडौं,६ जेठ । बाँकेको विभिन्‍न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

    जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ४/४ जना बाँके र बर्दिया, १/१ जना दाङ र कैलालीका छन् ।

    भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका-५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका-३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५: ४५ बजे, जानकी गाउँपालिका-३ की ४४ वर्षीया महिलाको बिहीबार विहान ८:४५ बजे र राप्तिसोनारी गाउँपालिका-६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार १: २० बजे नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ ।

    यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका-४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६:३० बजे, बढैयाताल गाउँपालिका-८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८:३० बजे, गुलरिया नगरपालिका-४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १:१५ बजे र बढैयाताल गाउँपालिका-५का ४० वर्षीय पुरूषको बिहीबार विहान ९:५५ बजे मृत्‍यु भएको छ।

    भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका-३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र घोडाघोडी नगरपालिका-४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्‍यु भएको छ ।

    योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५७ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २१५ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.