सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको लगानीमा जाजरकोटमा काठ उद्योग सञ्चालन


  •    न्युजभित्तो/६ जेष्ठ २०७८, बिहीबार ११:२७ 
  • जाजरकोट, ६ जेठ । सामुदायिक वन उपभोक्ता समुहको २५ प्रतिशत र स्थानीय तथा प्रदेश सरकारको ७५ प्रतिशत लगानीमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० झिनचौरमा काठ उद्योग सञ्चालनमा ल्याइएको छ ।

    खेर गएका काठलाई व्यवस्थापन गर्न उद्योग सञ्चालमा ल्याइएको हो । विभिन्न सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा काठ खेर गएको भन्दै नगरपालिकाले उद्योगमा लगानी गरी रोजगारी सिर्जना गरेको हो । उद्योगमार्फत काठको उपयोग गरी खेर गइरहेका काठबाट आम्दानी गर्ने योजना अघि सारिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो  । सामुदायिक वनबाट हरेक वर्ष बूढा रुखहरु ढलेमा र आगलागीबाट नष्ट हुँदा खेर जाने गरेको उहाँले बताउनुभयो ।

    विभिन्न चोरी निकासी गरेर व्यक्तिगत नाफा लिने कार्यलाई नियन्त्रण गर्नका लागि पनि काठ उद्योग सञ्चालनमा ल्याइएको केसीको भनाइ थियो । उद्योगका लागि भवन निर्माण, उद्योगको क्षेत्र परिसर तारबार र मेसिन खरिद गरी सकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म उद्योगमा झन्डै दुई करोड रुपैयाँ खर्च भइसकेको छ । रु १ करोड २७ लाखमा मेसिन खरिद गरिएको छ  ।

    सबै मेसिन चीनबाट ल्याइएको हो । वनबाट निकालिएका काठबाट फर्निचरका सामग्री तथा प्लाइउडको कच्चा पदार्थ बनाइनेछ । चौध वडाका सबै सामुदायिक वनको वैज्ञानिक वन व्यवस्थापन गर्दा वार्षिक करिब २० हजार रूख उद्योगका लागि प्रयोगमा आउने अनुमान गरिएको छ । “एक वर्षमा २० हजार रूख उद्योगमा प्रयोग गर्दा त्यसको मूल्य झन्डै रु दुई अर्ब हुन जान्छ, उद्योगले वार्षिक रु चार अर्बको कारोबार गर्ने लक्ष्य राखेका छ”, नगरप्रमुख केसीले भन्नुभयोे । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.