चितवनमा संक्रमितको शव व्यवस्थापनमा जुटे दाताहरु, दाहसंस्कार अब निःशुल्क
न्युजभित्तो/५ जेष्ठ २०७८, बुधबार १८:०७
चितवन, ५ जेठ । भरतपुरमा संक्रमित भई मृत्यु भएकाको दाहसंस्कारमा ठूलो रकम खर्चिनु परेको गुनासो बढेपछि यहाँका दाताहरुले निःशुल्क अन्त्येष्टिको व्यवस्था गरेका छन् । स्थानीय प्रशासन, सामाजिक संघ संस्था, सामुदायिक वन र व्यवसायीहरुले निःशुल्क अन्त्येष्टिको व्यवस्थापन गरेका हुन् ।
गुनासो बढेपछि लायन्स क्लब ईन्टरनेशनल ३२५ बीटु नेपालले हिजो भरतपुरस्थित कालिबहादुर गणलाई एक महिनाका लागि निःशुल्क शव वहान हस्तान्तरण गरेको छ । आज सरोकारवालाहरुको बैठकले दाउरा समेत निःशुल्क गर्ने निर्णय गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अब संक्रमितको अन्त्येष्टि निःशुल्क हुने बताउनुभयो । उहाँका अनुसार यहाँका सामुदायिक वनहरुले निःशुल्क रुपमा दाउरा उपलब्ध गराउने छन् । लामिछानेले भन्नुभयो “आज नै केही दाउरा आईसक्यो ।”
प्रजिअ लामिछानेले अगाडि भन्नुभयो “देवघाट क्षेत्र विकास समितिले निःशुल्क दाउरा दिन नसक्ने भनेपछि डिएफओ, वन निगम, फेकोफन, सामुदायिक वनहरु, स–मिल संघ सहित बैठक बसेपछि उहाँहरु निःशुल्क दाउरा दिन तयार हुनुभयो ।”
देवघाट क्षेत्र विकास समितिले दियालो बंगलानजिक नारायणी नदी किनारमा संक्रमितको शव जलाउन ठाउँ उपलब्ध गराएको छ । नेपाली सेनाको टोलीले अस्पतालमा मृत्यु भएका संक्रमितलाई शवबाहनमा राखेर निःशुल्क लैजानेछन् ।
विभिन्न सामुदायिक वन र समिलहरुले बागेश्वरी चिकित्सालय परिसरमा लगेर दाउरा जम्मा गर्ने र देवघाट क्षेत्र विकास समितिले दाउरा कटानमचान र वितरणमा लाग्ने खर्च बापत एक चाङको रु. तीन हजार लिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उक्त तीन हजार आफूले गृहमन्त्रालयमा कुरा गरेर देवघाट क्षेत्र विकास समितिलाई बजेट निकासा गरेर सहजीकरण गर्ने आश्वासन समेत प्राप्त भएको लामिछानेले बताउनुभयो । तत्कालका लागि उक्त रकम भरतपुर महानगरले व्यहोर्ने पनि उहाँले जानकारी दिनुभयो । महानगरले थप एउटा शव वहान सेनालाई उपलब्ध गराउने छ ।
शव व्यवस्थापन गर्दा मृतकका परिवारको ईच्छा अनुसार गरिने छ । गाड्न चाहनेको सेनाले सम्पूर्ण कार्य गर्ने छ भने जलाउन चाहनेलाई चितासम्म शव पु¥याउने र दाउरा निःशुल्क दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । चितामा राखेको शवलाई जलाउने र अन्य विधि कर्म भने परिवार र आफन्तले नै गर्नु पर्नेछ ।
बाहिरी जिल्लाकाकाहरुले आफ्नै जिल्ला लैजान चाहेमा सहजीकरण गरी पठाउने व्यवस्था गर्ने पनि उहाँले बताउनुभयो । त्यस्तै कसैले आफ्नो धर्म परम्परा अनुसार आफ्नै घाटमा लैजान चाहेमा सम्बन्धित पालिकासँग सहजीकरणा गरिने प्रजिअ लामिछानेको भनाई छ ।
यहाँ संक्रमितको अन्त्येष्टिमा रु.३५ हजारसम्म रकम असुल्ने गरेको गुनासो बढेपछि निःशुल्क गर्ने व्यवस्था गरिएको हो ।