सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा उपनिर्वाचन : निर्दलीय उम्मेदवारलाई समर्थन नगर्न आग्रह


  •    न्युजभित्तो/५ जेष्ठ २०७८, बुधबार १७:०८ 
  • काठमाडौँ, ५ जेठ । नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गर्नुभएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न आज अपिल गर्दै दलविहीन, निर्दलीय स्वतन्त्र उम्मेद्वारलाई मतदान नगर्न आव्हान गर्नुभएको हो । यो प्रदेशमा उक्त उपनिर्वाचन बिहीबार निर्वाचन हुँदैछ ।

    सूर्य चिन्हका उम्मेदवार बादललाई विजयी गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै उहाँले पार्टीको निर्देशनविपरीत घातअन्तर्घात नगर्न आफ्ना जनप्रतिनिधिलाई चेतावनी दिनुभएको छ । ‘‘निर्दलीय उम्मेदवारका पक्षमा मतदान गर्नु राजनीतिक हिषाबले गम्भीर अपराध हुने छ ।’’ अपिलमा भनिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेका उम्मेदवारलाई समर्थन गरेको उल्लेख गर्दै उहाँले अन्य दललाई पनि आफ्ना बादलका पक्षमा साथ दिन आग्रह गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.