सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पछिल्लो २४ घण्टाभित्र २० जना कोभिड संक्रमितको मृत्यु


  •    न्युजभित्तो/५ जेष्ठ २०७८, बुधबार १६:३२ 
  • चितवन, ५ जेठ  । पछिल्लो २४ घण्टाभित्र चितवनमा २० जना कोभिड संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै ६ जना र बाँकी चितवनका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका अन्य जिल्लाका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    भरतपुर अस्पतालमा कपिवलवस्तु, धनुषाका १–१ जना, नवलपरासीका २ जना र चितवनका ३ जना गरी ७ जनाको मृत्यु भएको छ ।कार्यालयका अनुसार चितवन मेडिकल कलेजमा चितवन, रुपन्देही, तनहुँका १–१ जना, नवलपुरका २ जना गरी पाँच जना र पुरानो मेडिकल कलेजमा चितवनका २ जना, नवलपुर दाङ र कपिलवस्तुका १–१ जना गरी ५ जनाको मृत्यु भएको हो । भरतपुर क्यान्सर अस्पतालमा नवलपरासी, गुल्मी र रुपन्देहीका १–१ जना गरी तीन जनाको मृत्यु भएको छ ।

    बुधबार ५१ जना निको भएका छन् । जिल्लाका विभिन्न अस्पतालका आइसीयूमा २ सय ६० जना, भेन्टिलेटरमा ५९ जना र एचडीयूमा ९६ जना उपचाररत रहेका छन् । अहिले ५ सय २१ जनाको चितवनका विभिन्न अस्पतालहरुमा उपचार चलिरहेको छ ।जिल्लामा बुधबार मात्रै २ सय ३५ जना थपिएसँगै जिल्लाभर कोभिड–१९ पुष्टि हुनेको संख्या १२ हजार ७२ पुगेको छ । जिल्लामा हालसम्म ७ हजार ५ सय १ जना निको भएका छन् भने १ सय ८२ जनाको मृत्यु भएको छ ।जिल्लामा अझै ४ हजार ३८९ जना निको हुन बाँकी रहेका छन् । त्यसमध्ये ४ हजार १ सय ६७ जना होम आइसोलेसनमा, २ सय १३ जना अस्पतालका आइसोलेसनमा र ९ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.