सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णाली प्रदेश अस्पताल सङ्घअन्तर्गत लैजाने प्रस्ताव


  •    न्युजभित्तो/५ जेष्ठ २०७८, बुधबार १५:३२ 
  • कर्णाली, ५ जेठ । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश अस्पताल सुर्खेतलाई सङ्घीय सरकारअन्तर्गत राख्न प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको यही जेठ १ गते बसेको बैठकले सो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा निर्णय गरेको हो ।

    प्रदेश सरकार मातहत रहेको अस्पताल सङ्घीय सरकार मातहत लैजाने प्रस्तावको निर्णय सार्वजनिक भएपछि कर्णालीवासीले चर्को आलोचना गरेका छन् । जनताको नजीकबाट स्वास्थ्य सेवा दिइरहेको प्रदेश अस्पताल केन्द्रमा लैजाने निर्णय सङ्घीयता विरोधी कदम भएको भन्दै सामाजिक सञ्चाजलमा थुप्रै टिप्पणी भइरहेका छन् ।

    प्रदेश सरकारले प्रत्यक्ष रेखदेख र पर्याप्त बजेट उपलब्ध गर्दै आएको अस्पताल सङ्घले लिनु खोज्नु सङ्घीयता विरोधी कदम भएको नागरिक अगुवा राजबहादुर महत बताउनुहुन्छ । “अस्पतालले नजीकको सरकारबाट अभिभावकत्व पाइरहेको छ”, अगुवा महतले भन्नुभयो, “यसअघि सङ्घीय सरकारसँग त थियो रु के थियो त त्यतिबेलाको उपचार सेवा र भौतिक संरचनाको अवस्था रु”

    कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बिमला केसीले सङ्घीयताको कारण प्रदेश अस्पतालको संरचना विकास हुनाका साथै बढीभन्दा बढी नागरिकले उपचार सेवा पाएको बताउनुभयो । उहाँले प्रदेश सरकारको अस्पताललाई सङ्घअन्तर्गत राख्ने निर्णय गर्नु सङ्घीयतामाथिको आक्रमण भएको तर्क गर्नुभयो । “पर्याप्त बजेटविना कर्णालीमा विकास हुन नसकिरहेका बेला प्रदेश सरकार मातहत रहँदा प्रदेश अस्पतालको विकास अपेक्षाकृत छ”, उहाँले भन्नुभयो, “प्रदेशको आवश्यकतामा नजीकको सरकारले खेलिरहेको भूमिकाले राम्रै काम हुँदै आएको छ ।”

    कर्णाली प्रदेश सरकार गठन भई प्रदेश अस्पताल स्थापना भएपश्चात् प्रदेश सरकारको करीब रु एक अर्बभन्दा बढी बजेट लगानी भइसकेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो । गत आव ०७६÷७७ मा रु ५० करोड विनियोजन गरेको प्रदेश सरकारले चालु आवमा रु ६० करोड उपलब्ध गराइसकेको उहाँले बताउनुभयो ।

    यता अस्पतालका निर्देशक डा डम्बर खड्काले प्रदेश अहिलेसम्म आइपुग्दा स्रोतसाधन र पूर्वाधार विकासको हिसाबले अस्पतालले राम्रो प्रगति गरेको बताउनुभयो । सामान्यतः केही अभाव देखिए पनि कोभिडको अवधिमा अस्पतालले राम्रो सेवा प्रदान गरेको निर्देशक डा खड्काले जनाउनुभयो ।

    कर्णाली प्रदेश सरकारका प्रवक्ता कुर्मराज शाहीले हिजो सङ्घीय सरकारमा हुँदाको अस्पतालभन्दा आज प्रदेश सरकार मातहतको अस्पतालबाट जनताले राम्रो उपचार सेवा पाएको तर गलत राजनीतिक अभ्यासका कारण प्रदेश अस्पताललाई सङ्घअन्तर्गत राख्ने निर्णय अघि सारिएको टिप्पणी गर्नुभयो ।

    “गत हप्तामा मात्र प्रदेश सरकारले कोभिड व्यवस्थापनका लागि औषधि र उपकरण खरीदका लागि रु ४० करोड बजेट उपलब्ध गर्नाका साथै र १२० जना स्वास्थ्यका कर्मचारी भर्ना गरिसकेको छ”, प्रवक्ता शाहीले भन्नुभयो, “के अब सामान्य परीक्षणका लागि पनि स्वास्थ्य मन्त्रालयलाई सोध्नुपर्ने अवस्था सृजना गर्न खोजिएको हो त रु”

    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले केन्द्र सरकार मातहत एक प्रदेशमा एक ठूलो अस्पताल बनाउने नीतिअनुसार प्रदेश अस्पताल सुर्खेतलाई सङ्घ मातहत लिन प्रस्ताव अघि बढाएको जनाउनुभयो । मन्त्री रावतले भन्नुभयो, “सङ्घअन्तर्गत एक अस्पताल हुनुपर्छ । प्रदेश अस्पताललाई पहिलेदेखि सङ्घीय सरकार मातहत राख्नुपर्छ भन्दै मैले आएको छु । मन्त्री हुनुअघि संसद्मा पनि यस विषयमा बोलेको थिएँ । “अहिले अस्पताललाई थप विकास गर्नका लागि यस्तो तयारी गरिएको हो ।”

    केन्द्र सरकार मातहत ५०० श्यया र प्रदेश सरकार मातहतका प्रदेश अस्पताललाई अनिवार्य २०० श्ययाको बनाउने नेपाल सरकारको नीतिको कारण पनि केन्द्र सरकारमा लिनुपर्ने बाध्यता आएको जनाउँदै राज्यमन्त्री रावतले अन्य कुनै जिल्लामा प्रदेशस्तरीय अर्को अस्पताल बनाउन प्रदेश सरकारलाई सुझाउनुभयो । उहाँले सङ्घअन्तर्गत गइसकेपछि ५०० श्ययाको अस्पताल, श्ययाअनुसारको जनशक्ति र त्यस अनुरुपको औषधि र उपकरण सबैको व्यवस्थापन हुने दाबी गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.