सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युनाइटेडले खराब रेकर्ड बनाउँदा काभानी भने ‘एलिट’ क्लबमा


  •    न्युजभित्तो/५ जेष्ठ २०७८, बुधबार १४:४० 
  • काठमाडौँ, ५ जेठ । फुलहमविरुद्ध उत्कृष्ट गोल गर्दै एडिन्सन काभानीले म्यान्चेस्टर युनाइटेडको ‘एलिट क्लब’ मा स्थान बनाउन सफल भएका छन् । कभानीको गोलका बावजुद रेड डेभिल्स भने रेलिगेशनमा परेको फुलहमसँग आफ्नो घरेलु मैदानमा १–१ को बराबरी खेल्न बाध्य बन्यो ।

    गत हप्ता क्लबसँग एक वर्षको करार थप गरेका उरुग्वेका स्ट्राइकरले ४० यार्ड टाढाबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, भेटरान स्ट्राइकरको गोलको जवाफमा जो ब्रायनले गोल गर्दै खेल बराबरी गरे ।

    यो सिजन काभानीको यो १० औँ गोल थियो । योसँगै ३४ वर्षीय खेलाडी युनाइटेडका लागि एकै सिजनमा सो कोशेढुंगा पार गर्ने ३३ वर्ष माथिका मात्र तेस्रो खेलाडी बनेका हुन् । यसअघि सन् २०००–०१ सिजनमा टेडी सेरिङहम र सन् २०१६–१७ मा ज्लाटान इब्राहिमोविचले सो उपलब्धि हासिल गरेका थिए । सेरिङहमले सो सिजन १५ गोल तथा इब्राहिमोविचले १७ गोल गरेका थिए ।

    यता, युनाइटेडले यो सिजन जीतको अवस्थाबाट ओल्ड ट्राफोडमा १० अंक गुमाएको छ । कुनै पनि प्रिमियर लिगको सिजनमा युनाइटेडले यति धेरै अंक गुमाएको यो पहिलो अवसर हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.