सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासीमा प्रहरीको गोली लागेर घाइते युवाको मृत्यु


  •    न्युजभित्तो/५ जेष्ठ २०७८, बुधबार १४:२९ 
  • काठमाडाैं ,५ जेठ। पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागि घाइते भएका एक युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभर रहेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए। उनको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    घाइते राजभरको शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्‍याइएको थियो ।

    उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए ।

    उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ ।

    भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । शुरूमा ५/७ जनाको समूहमा आएका व्यक्तिहरूसँग सशस्त्र प्रहरीको भनाभन भएको थियो ।

    त्यसपछि उनीहरूले गाउँबाट ५०/६० जनाको समूह बोलाई टोलीमाथि ढुंगामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

    ‘भीडलाई नियन्त्रण गर्न शुरूमा अश्रु ग्यास प्रहार गरिएको थियो । तर भीड अझ उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको हो,’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने ।

    भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरीक्षक (सई) शंकर बुढाथोकी घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ ।

    जिल्लामा निषेधाज्ञालाई थप कडाई गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । तर पनि स्थानीयहरू नाकाबाट लुकिछिपी आउजाउ गर्ने गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.