सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन तयार


  •    न्युजभित्तो/५ जेष्ठ २०७८, बुधबार ११:२२ 
  • चितवन,५ जेठ । कोरोना भाइरसको संक्रमढा तीब्र हुदै गएपछि चितवनको कालिका नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन तयार पारेको छ ।

    कोरोना भाईरस (कोभिड १९) संक्रमणलाई मध्यनजर गरी अक्सिजन सहित खोलेसिमलमा २० शय्याको आइसोलेसन तयार पारेको हो ।कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि नगरवासीको उपचारमा सहजता होस भन्ने उदेश्यले आइसोलेसन तयार गरिएको नगरप्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए ।

    उपचारको अभावमा कोही नगरवासी समस्यामा पर्नुहुदैन भन्ने मेरो मान्यता हो उहाँले भन्नुभयो : महामारीको बेला स्वास्थ्यलाई प्राथमिकतामा राखेर हामी अगाडी बढिरहेका छौ ।’ बैशाख ३१ गतेबाट सञ्चालनमा आएको सो आईसोलेसनमा हाल ५ जना कोरोना संक्रमित भएकाहरुको उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए ।

    आईसोलेसनमा रहेका सवै पाँचै जनालाई नियमित रुपमा अक्सिजन सहित उपचार भैरहेको उनको भनाई छ । कोरोना संक्रमितहरुको उपचारको लागि एकजना मेडिकल अफिसर सहित चारजना स्वास्थ्यकर्मीको टोली खटिएका छन् । कोरोना कहरको दोस्रो लहर सुरु भएयता कालिका नगरपालिकामा २ जनाको मृत्यु भएको छ ।

    नगरपालिका भित्र हालसम्म १२९ जना सक्रिय संक्रमित रहेका छन । कालिका नगरपालिकाले कोरोना संक्रमित विरामीको निशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाएको छ ।स्वास्थ्य सम्बन्धी कुनै समस्या भै अस्पताल जानु परेमा एम्बुलेन्स सेवाका लागि ९८४५४३२१३५ फोन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.