सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार अस्पतालमा ११ जना सङ्क्रमितको मृत्यु


  •    न्युजभित्तो/५ जेष्ठ २०७८, बुधबार १०:४४ 
  •  चितवन,५ जेठ। जिल्लामा रहेका चार अस्पतालमा ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडीकल कलेज र पुरानो मेडीककल कलेजमा उपचाररत रहेका सङ्क्रमित मध्ये उनीहरुको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा चितवनका २ जना रहेकका छन् भने अन्य वाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा उपचाररत नवलपरासी (बर्दघाट–सुस्ता पूर्ब) कावासोती नगरपालिका वडा नम्बबर २ की ४७ वर्षिया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

    निमोनियाको समस्या भई यही वैशाख ३० गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मंगलबार राती ९ः४५ वजे मृत्यु भएको हो । सोही अस्पतालमा उपचाररत रत्ननगरकी एक महिलाको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १३ की ३८ वर्षिया महिला रहेकी छन् ।

    निमोनियाको उपचार गर्न आएकी उनमा बैशाख ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मंगलबार राती १ः२० वजे मृत्यु भएको हो ।

    चितवन मेडीकल कलेजमा उपचारका क्रममा चार जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको वुटवल उपमहानगरपालिका वडा नम्बर १३ की ५० वर्षिया महिला रहेकी छन् । कोरोना सङ्क्रमण पछि निमोनियाका कारण जेठ ४ गते अस्पतालमा भर्ना भएकी उनको मंगलबार राती १०ः४५ वजे मृत्यु भएको हो । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

    यस्तै नवलपरासी(वर्दघाट–सुस्ता पूर्ब) कावासोतीका एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नम्बर १० का ६३ वर्षिय वृद्धको मंगलबार राती १०ः४८ वजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण पछि निमोनियाको उपचारका क्रममा बैशाख २४ गते अस्पताल आएका उनको कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।

    तनहुँको भानु नगरपालिका वडा नम्बर ४ का ७१ ब्र्षिय बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या भई जेठ २ गते अस्पताल भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मंगलबार राती १२ः५२ वजे मृत्यु भएको हो । त्यसैगरी गैंडाकोट नगरपालिका वडा नम्बर १२ की ५२ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २३ गते चितवन मेडीकल कलेज भर्ना भएकी उनमा २४ गते सङ्क्रमण पुष्टि भएको थियो ।

    सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ः२० वजे मृत्यु भएको हो । पुरानो मेडीकल कलेजमा उपचाररत तीन जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १२ का एक वृद्ध रहेका छन् । निमोनियाको समस्या भई बैशाख २९ गते अस्पताल भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो ।

    सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज विहान ७ वजे मृत्यु भएको हो । यस्तै कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ की ६७ वर्षिया बृद्धाको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियोे । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मंगलबार राती १ः४० वजे मृत्यु भएको हो ।

    नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) सुनवल नगरपालिका वडा नम्बर ११ का ७० वर्षिय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २७ गते अस्पताल आएका उनमा २८ गते सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मंगलबार राती १०ः३० वजे मृत्यु भएको हो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत दुई जनाको कोरोनका कारण मृत्यु भएको छ ।

    नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) गैंडाकोट नगरपालिका वडा नम्बर २ का ७३ वर्षिय बृद्ध रहेका छन् । रक्तचाप र मधुमेहको समस्या भई कोरोना सङ्क्रमण पुष्टि पछि बैशाख ४ गते अस्पताल भर्ना भएका उनको मंगलबार राती १ वजे मृत्यु भएको हो । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । रुपन्देहीको तिलोत्तमना नगरपालिका वडा नम्बर १२ का ४८ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

    निमोनिया तथा स्वासप्रश्वासमा समस्या पछि कोरोना सङ्क्रमण पुष्टि भएका उनको मंगलबार राती १०ः३० वजे मृत्यु भएको हो । उनलाई कोरोना सङ्क्रमण पछि स्वास्थया समस्या भई जेठ ३ गते अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.