सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा ‘स्वीप अप्रेशन’


  •    /१५ असार २०७६, आईतवार २२:३६ 
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्वीप अप्रेशन’ शुरु भएको छ । निकुञ्जको अमलटारी क्षेत्रको खोरिया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन शुरु गरिएको हो ।

    निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जलाई १० भागमा विभाजन गरेर स्वीप थालिएको हो । आज अप्रेशनमा सात हात्ती परिचालन गरिएको छ । निकुञ्जका कर्मचारी, नेपाली सेना र माउतेहरू गरी २५ जनाको टोली उक्त कार्यमा जुटेको उहाँले जानकारी दिनुभयो । सम्बन्धित क्षेत्रमा रहेका पोष्टका सुरक्षाकर्मी र कर्मचारी अप्रेशनमा जुटेका छन् । झण्डै १० दिनसम्म यो कार्य जारी रहनेछ । शुरुआत अमलटारी क्षेत्रबाट भए पनि एक–दुई दिनमा दशै ठाउँमा काम शुरु हुने घिमिरेले बताउनुभयो । सो क्रममा चुरे क्षेत्रमा राति बसेर गस्ती गर्ने तयारी गरिएको छ ।

    बर्सातको समय चोरी–शिकारका दृष्टिले संवेदनशील मानिन्छ । बर्सातसँंगै घाँस उम्रिएर झाडी बन्ने, बाढीले गस्ती गर्न कठिन हुने, सडक र पुल भत्कने, मानिसलाई हात्तीसम्म पुग्नसमेत कठिन हुन्छ । सोही कारण बर्सातअघि पूरै क्षेत्र भ्याउने गरी स्वीप गर्न लागिएको हो । निकुञ्जको विगतको तथ्याङ्कलाई हेर्दा यो समयमा धेरै चोरी–शिकार भएको देखिन्छ । यसैलाई मध्यनजर गर्दै निकुञ्जले चोरी–शिकार नियन्त्रणका लागि नयाँ रणनीति निर्माण गरी स्वीप कार्यलाई अघि बढाएको हो । निकुञ्जमा ५३ स्थायी पोष्ट छन् ।

    निकुञ्जमा पैदल, साइकल, हात्ती, डुङ्गा, कुकुर र गाडीबाट गस्ती गरिँदै आएको छ । यो निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिँगे गैँडा र पाटेबाघका लागि प्रख्यात छ । गस्ती बढेसँगै दुई वर्षयता शिकारीले गैँडा मार्न पाएका छैनन् । शसस्त्र द्वन्द्वका समयमा एकै वर्षमा ३६ वटासम्म गैँडा तस्करले मारेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.