सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सांसद बस्नेतद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १६:१४ 
  • भक्तपुर, ४ जेठ । कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

    कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको बेलामा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा ल्याएको एम्बुलेन्स उहाँले आज हस्तान्तरण गरेको हो ।

    सांसद बस्नेतको पलहमा भारत सरकारले सहयोगस्वरूप प्रदान गरेको उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्तरूपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरणलगत्तै सांसद बस्नेत र नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्तरूपमा एम्बुलेन्स उद्घाटन गर्दै आजदेखि सञ्चालनमा आएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं सांसद बस्नेतले अहिले महामारीको यो समयमा जनताको सुरक्षा र बिरामीलाई सहज एम्बुलेन्स सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    कोरोनाका बिरामीका लागि सूर्यविनायक नगर अस्पताल तत्काल सञ्चालनमा ल्याउन लागेको बताउँदै सांसद बस्नेतले उपचार तथा सुविधा अभावका कारणले यहाँका जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख थापाले नगरका जनताको जीवन रक्षाका लागि आफू अरोरात्र खटिरहेको बताउँदै नगरभित्रका जनतालाई कोरोनाका कारण उपचारमा कुनै समस्या आउन नदिने दाबी गर्नुभयो ।

    उहाँले सांसद बस्नेत र आफ्नो पहलमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आउन लागेको बताउँदै कोरोना सङ्क्रमितको उपचारलाई उच्च प्राथमिकतामा राखेर सेवा दिने बताउनुभयो । भक्तपुरका जनताले चौबिसै घण्टा एम्बुलेन्स सेवाका लागि ९८०८५२९३८३ मा सम्पर्क गर्नसमेत उहाँले आग्रह गर्नुभयो । त्यस्तै, योयो युनिटी भक्तपुर, नेपाल रेड्क्रस सोसाइटी भक्तपुर र ब्लोडान, भक्तपुरको संयुक्त सहकार्यमा भक्तपुरका बासिन्दाका लागि निःशुल्क कोभिड एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

    कोरोना लगायतका अन्य बिरामीलाई अस्पताल पु¥याउने सेवाका लागि चौबिसै घण्टा सञ्चालन गर्ने गरी निःशुल्क एम्बलेन्स सेवा शुरु गरेको योयो युनिटीले जानकारी दिएको छ । एम्बुलेन्स चाहिएमा ९८६१८५४९८२ मा सम्पर्क गर्न सक्नेछ । कोरोना सङ्क्रमित बिरामीका लागि सेवा दिन भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स समन्वय समितिले अक्सिजनसहितका एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमणका बेलामा पनि सङ्क्रमितले सहज रुपमा एम्बुलेन्स नपाएको गुनासो आएकाले चौबिसै घण्टा सेवा दिने गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

    एम्बलेन्स चाहिएमा ९८६१७५६४६१ मा सम्पर्क गर्न समिनिले आग्रह गरेको छ । यता नेपाल नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले महामारीको समयमा गत वर्षदेखि यस वर्षसम्म नियमित एम्बुलेन्स चलाएर बिरामीको सेवा गरेको भन्दै एम्बुलेन्स चालकलाई नगद पुरस्कार प्रदान गरिएको छ । उपशाखाले सञ्चालन गरेको एम्बुलेन्सका चालक रुपचन्द्र हुमागाईंलाई नगद रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको उपशाखाका सभापति कल्पदीप खड्काले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.