सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १६:०४ 
  • पोखरा,४ जेठ । महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । महानगर शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको हो ।

    कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले यसअघि भएका त्रैमासिक, अर्धवार्षिक तथा आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न महाशाखाले निर्देशन जारी गरेको छ ।

    शिक्षा महाशाखा प्रमुख हेमप्रकाश आचार्यद्वारा हस्ताक्षरित सूचनामा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासमेत असार १ गतेबाट सुरु गर्न भनिएको छ । तर, कक्षा ८ को हकमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख आचार्यले जनाएका छन् ।

    कोरोना महामारी बढ्दै गएपछि केही समय अघि निजी तथा सरकारी विद्यालयका प्रतिनिधिसँग मेयर मानबहादुर जिसीसँग भएको छलफलमा सबै परीक्षा बैशाख मसान्तभित्र सक्ने निर्णय भएको थियो । उक्त बैठकमा मेयर जिसी स्वयं परीक्षा स्थगित हुँदा विद्यार्थीमा मानसिक असर पर्ने भएकाले परीक्षा जसरी पनि सञ्चालन गर्नुपर्ने अडानमा थिए ।

    तर, कास्कीमा दिनानुदिन संक्रमणदर उकालो लागेपछि बैशाख १५ गतेबाट निषेधाज्ञा जारी भएको थियो । जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा जेठ ७ गतेसम्म लागु हुनेछ । कास्कीमा सोमबारसम्म १४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १० हजार जनाले कोरोना जितिसकेका छन् भने २ सय ९ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.