सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृष्णभीरमा तीन सवारी साधन ठोक्किदा दुई जनाको मृत्यु, ३२ घाइते


  •    /१५ असार २०७६, आईतवार २२:१६ 
  • धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाटरोराङ गाउँपालिका–७ चरौँदी कृष्णभिरमा आज तीन वटा सवारी एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र एक २० वर्षीया महिला रहेकी छिन् । महिलाको घटनास्थलमै मृत्यु भएको हो भने श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

    काठमाडौँबाट चितवनतर्फ आउँदै गरेको लु१ख ९०७९ नंको बस र चितवनबाट काठमाडाँै जाँदै गरेको बा३ख १००४ नंको माइक्रो र बा२ख ४५६७ नंको माइक्रो एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई सामान्य उपचारपछि राजमार्ग सामुदायिक अस्पतालबाट ट्रमा सेन्टरमा पठाइएको छ । गजुरी अस्पतालमा सात र चरौँँदी अस्पतालमा दुई जना उपचाररत रहेका छन् । बाँकी यात्रुको उपचारपछि घर पठाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
    • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष
    • प्रक्षेपणअनुसार बाढीको खतरा छैन: विभाग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.