सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निवृत्त ब्याङ्कर, सक्रिय कृषिकर्म


  •    /४ बैशाख २०७६, बुधबार १३:२७ 
  • तिलकराम रिमाल
    चितवन
    तीन दशक लामो जागिरे जीवन । त्यसपछि धेरैको चाहना आरामको जिन्दगी जिउने हुन्छ । पुगिसरि आउनेहरुलाई झनै अरु कामको बोझ थप्ने कुनै चाहना हुँदैन । तर भरतपुर महानगरपालिका वडा नम्वर– १२ का हिमप्रसाद भट्टराई निवृत्त जीवनमा पनि सक्रिय कृषिकर्ममा व्यस्त छन् ।
    ३० वर्षसम्म कृषि विकास बैंकको जागिमा बिताएर शाखा प्रबन्धकबाट निवृत्ति भएका भट्टराई यतिबेला पूर्वी चितवनको पर्सा वरपर खेतमा व्यस्त भेटिनुहुन्छ । गतवर्ष माघमा सेवानिवृत्त भएका भट्टराईले फागुनबाटै कृषि पेशा अङ्गालेका हुन् ।
    खैरहनी नगरपालिकाका विभिन्न वडामा २३ विगाहा जमिन भाडामा लिएर उनले अहिले केरा, भुइँकटहर, ड्रागनफ्रुट, कुरिलो, लसुन, मेवा खेती गरिरहेका छन् । उनलाई सूर्यभक्त ओझाले साथ दिएका छन् । दुई जनाले ६० लाख रुपैयाँ लगानी गरेर यो व्यवसाय शुरु गरेको भट्टराईले बताए । वाणिज्य बैंकबाट ऋण लिएर व्यवसाय शुरु गरेका उनीहरुले गत वर्षको फागुनमा लगाएको केरा अहिले बिक्री गर्न शुरु गरेका छन् ।
    १० विगाहामा हरियो केरा, १० विगाहामा मालभोग केरा खेती गरिरहेका उनीहरुले तीन विगाहामा अर्नानिक मिश्रित खेती गरेका छन् ।
    हर्टीकल्चर (फलफूल विज्ञान) मा एमएस्सी गरेका भट्टराईलाई यो व्यवसायमा प्राविधिक विषयमा कुनै समस्या छैन । उनले भने, “मैले अध्ययन गरेको विषय नै यही भएकोले मलाई यो व्यवसायमा कुनै समस्या छैन ।” फलफूलको जात अनुसारको माटो, सिंचाई, औषधि, लगाउने विधिका बारेमा आफै ज्ञाता रहेकाले उनले राम्रो उत्पादन गर्ने लक्ष्य लिएका छन् । भट्टराईले उत्साहित हुँदै भने, “सबै खर्च कटाएर वार्षिक ५० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका छौँ ।”
    खेतीसँगै उनीहरुले अर्गानिक फार्म स्टे (आवासीय प्राङ्गारिक फर्म) समेत सञ्चालन गर्ने तयारी गरेका छन् । अर्गानिक खेती गरिएको ठाउँ नजिकै फार्म स्टे सञ्चालनका लागि गृहकार्य भईरहेको भट्टराईले जानकारी दिए ।
    ५८ वर्षिय हिमप्रसाद भट्टराई युवा जोशकासाथ जस्तै आफ्नो खेतीमा व्यस्त छन् । उनी भन्छन्, “उमेर बढ्दै जाँदा झनै धेरै कसरत आवश्यक हुन्छ । निस्क्रिय बस्नुभन्दा काम गर्नु राम्रो हो ।”
    भट्टराईका एक छोरा सिभिल इञ्जिनियर छन् भने अर्का छोराबुहारी दुवैले एमडि गर्दै छन् । श्रीमतीले घर चलाउँछिन् । भट्टराईले सबैलाई उदाहरण दिने गरी व्यवसायमा समय दिंदै आएका छन् । नेपालमा काम पाईएन भन्नेहरुलाई उनले विदेश जानुपर्ने कारण नभएको बताउँछन् । उनी भन्छन्, “मेहनत ग¥यो भने यहीँ धेरै कमाई गर्न सकिन्छ । बैंकले ऋण दिन्छ, भाडामा जग्गा पाईन्छ, केवल श्रम गर्ने जाँगर भए पुग्छ ।”
    कृषि मात्रै नभएर नेपालमा काम गर्ने धेरै ठाउँ भएको भट्टराईको ठम्याई छ । “कृषि मात्रै होइन, यहाँ जाँगर हुनेले गर्ने धेरै काम छन् । विदेशमा गर्ने मिहिनेत यहाँ गर्न सकियो भने विदेशभन्दा धेरै यही कमाउन सकिन्छ” उनको सल्लाह छ ।
    नेपालमा रोजगारी नपाएको भन्दै वर्षैनी लाखौं युवा विदेशिन्छन् । तर हिमप्रसादजस्ता उर्जावान व्यक्तिहरुले ढल्कँदो उमेरमा पनि मिहिनेत गरेर यहीँ लाखौं रुपैयाँ आम्दानी त गरेका छन् नै उदाहरणीय व्यक्तित्व पनि बनेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तनहुँमा दूध उत्पादनमा वृद्धि
    सन्दर्भः विश्व माटो दिवस: बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान
    प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
    • माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
    • पाँच वर्षमा पनि बनेन सिटीहल
    • तीस जना कैदीबन्दी त्रिपालमुनि
    • समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.