सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१८ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री र शव वहानको चापी हस्तान्तरण


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १४:५५ 
  • चितवन, ४ जेठ । लायन्स क्लबले भरतपुर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई थान र बिप्याप मेसिन पाँच थान सहयोग गरेको हो । शव व्यवस्थापनका लागि क्लबले एक महिनाका लागि शव वहान समेत हस्तान्तरण गरेको छ ।

    लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु एरिया नं. ३ का क्लब तथा लायन्सहरुबाट कोभिड क्याम्पियन गरी संकलन रकमबाट ती सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो ।

    आज मंगलबार भरतपुर अस्पताललाई दुई थान हाईफ्लो अक्सिजन मेसिन र दुई थान बिप्याप मेसिन हस्तान्तरण गरिएको छ । ती सामग्री लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बिटुका ईलेक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले लायन्सको सहयोगको प्रशंसा गर्नुभयो । गभर्नर भट्टले कोभिडको महामारी विरुद्ध सबै मिलेर लड्नु पर्ने बताउँदै लायन्सले आवश्यकता अनुसार सहयोग गर्दै जाने बताउनुभयो । उहाँले कोभिडको पहिलो लहरसँगै लायन्सहरु सहयोगमा जुटेको उल्लेख गर्दै गतवर्ष विभिन्न ठाउँमा रु.१ करोड बराबरको सहयोग गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गतवर्ष लायन्सहरुले व्यक्तिगत र संस्थागत रुपमा खाद्यान्नदेखि विभिन्न सहयोग गर्नुभएको छ । त्यसको कुनै हिसाब छैन ।”

    उहाँले दोस्रो लहरसँगै लायन्सहरु आर्थिक संकलनमा जुटेको बताउँदै यस क्षेत्रका अस्पतालहरुमा अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “जब समस्या आउँछ तब लायन्सलाई सम्झनुहोस् ।”

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले कोभिड महामारीमा उपलब्ध सामग्री सन्जीबनीबुटी सावित हुने बताउनुभयो । उहाँहरुले लायन्सबाट थप सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

    यसैगरी वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा आजै दुई थान बिप्याप मेसिन हस्तान्तरण गरियो । अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मालाई अस्पतालमै पुगेर ईलेक्ट गभर्नर भट्टले ती सामग्री हस्तान्तरण गर्नुभएको हो । यस्तै कावासोतीको मध्यविन्दु अस्पताललाई पनि एक थान बिप्याक मेसिन आजै हस्तान्तरण गरिएको छ ।

    लायन्सले डिष्ट्रिक कोअर्डिनेटर सिद्धार्थलाल चुकेलाई कोभिड फोकल पर्सन तोकेर आर्थिक सहयोग संकलन र सामग्री हस्तान्तरण गर्दै आएको छ ।

    आजै चितवनका अस्पतालहरुमा कोभिडबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि क्लबले शव वहान उपलब्ध गराएको छ । गभर्नर भट्टले एक महिनाका लागि शव बोक्ने गाडीको चापी कालिबहादुर गण भरतपुरलाई हस्तान्तरण गर्नुभयो । हाल शव व्यवस्थापन मृतकका आफन्तले चर्काे खर्च व्यहोर्नु परेको गुनासो आएपछि क्लबले शव वहान उपलब्ध गराएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले सरोकारवाला पक्षसँग छलपल गरी सहयोगका लागि अनुरोध गरेसँगै लायन्सले शव वहाल सहयोग गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.