सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्योग वाणिज्य सङ्घद्वारा निःशुल्क कोभिड एम्बुलेन्स


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १४:४७ 
  • खलङ्गा, ४ जेठ । उद्योग वाणिज्य सङ्घ जुम्लाले कोरोना सङ्क्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ ।

    गत वैशाख २६ गते बसेको बैठकले सङ्क्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गरेको उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “निजी गाडी मासिक भाडा तिर्ने गरी कोभिड एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएका छौँ । पहिलो चरणमा एक महिनाको लागि सञ्चालनमा ल्याएका छौँ ।” सङ्क्रमणको अवधि बढ्दै गएको खण्डमा अर्को व्यवस्था गरिने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष अलिमनियारले बताउनुभयो । कोभिड एम्बुलेन्सको व्यवस्था गरेको विषयमा सङ्घले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई जानकारी गरेको अध्यक्ष मनियारले भन्नुभयो, “कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । सङ्घको हलमा आइसोलेशन बनाउने निर्णय पनि भएको छ ।

    आइसोेलेशन कक्ष सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकालाई आग्रहसमेत गरिएको उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ ।

    देशमा दोस्रो लहरको कोरोना महामारीको समयमा सबैले सामूहिक भावनाका रुपमा काम गरे कोभिड– १९ को सामना गर्ने सकिने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष मनियारले बताउनुभयो । एम्बुलेन्स सेवा लिनका लागि सम्पर्क व्यक्ति र नम्बरसमेत तोकिएको छ । उद्योग वाणिज्य सङ्घको ल्यान्डलाइन नं ०८७ : ५२००३८ मा फो गर्न सकिनेछ ।

    यसैगरी, ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ फोन नंमा सम्पर्क गर्न आग्रहसमेत गरिएको छ । सम्पर्क व्यक्तिका रुपमा उद्योग वाणिज्य सङ्घको कर्मचारी पारस उपाध्यायलाई उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ ।

    प्रतिष्ठानको प्रवक्तामा डा रमेश जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा रमेश भट्टराई नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले डा भट्टराईलाई प्रतिष्ठानको प्रवक्तामा नियुक्त गरेका हुन् ।

    प्रतिष्ठानको महत्वपूर्ण पद मानिने प्रवक्ताको जिम्मेवारी पाएका डा भट्टराई एनेस्थेसिया एवं क्रिटिकल केयर विशेषज्ञ हुन् । उनी ६ वर्षदेखि जुम्लामै रहेर सेवा पु¥याउँदै आएका छन् । बुटवल घर भएका युवा चिकित्सक डा भट्टराई कर्णालीका दूरदराजमा हुने स्वास्थ्य शिविरहरुमा पनि सक्रिय रहँदै आएका छन् । नवनियुक्त प्रवक्ताको कार्यकाल चार वर्षको हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.