सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाले जुम्ल्याहा दाजुभाइको एकैपटक मृत्यु, साथमा जन्मिए, साथमा बाँचे र साथमै मरे


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १४:२८ 
  • काठमाडौं,४ जेठ । कोरोनाभाइरस महामारीले कैयौं परिवारलाई निकै गहिरो घाउ दिएर गएको छ । ती घाउहरुमध्ये कतिपय यस्ता छन् जुन घाउ परिवारले कैयौं वर्षसम्म बिर्सन सक्ने छैनन् । एकैपटक जन्मिएर २४ वर्षसम्म सँगसँगै बाँचेका दुई दाजुभाइको कोरोनाभाइरसका कारण एकसाथ मृत्यु भएको दर्दनाक घटना सार्वजनिक भएको छ । भारतीय दैनिक अखबार अमर उजालाका अनुसार घटना उत्तर प्रदेशको मेरठको हो ।

    यी जादुभाइ दुवै इन्जिनियर थिए । उनीहरु दुवै कोरोनाभाइरसबाट संक्रमित भए र उनीहरुको उपचारको क्रममा एकसाथ मृत्यु भयो । उनहिरुका आफन्त र परिचितहरुका अनुसार यी दाजुभाइ धेरैजसो समय साथमै रहन्थे । यी जुम्ल्याहा दाजुभाइका पिता मेरठको थोमस स्कुलमा शिक्षक छन् । यी दाजुभाइ संक्रमित भएपछि करिब २० घण्टा जीवनको लागि संघर्ष गरेका बताइएको छ । जानकारी अनुसार यी दाजुभाइ साथमै इन्जिनियर बनेका थिए ।

    गएको २३ अप्रिलमा मात्र यी दाजुभाइले २४ औं जन्मदिन मनाएका थिए । मेरठको छाउनीका ग्रेगरी रेमन्ड राफेलका दुई छोराहरुको नाम जोफ्रेड र राल्फ्रेड थियो । जन्मदिनको ठिक १ दिन पहिले उनीहरु कोरोना संक्रमित भएका थिए । उनका पिता ग्रेगरीका अनुसार दुई छोराहरुको मृत्युपछि अब परिवारमा ३ जना मात्रै बाँकी छन् र परिवार क्षत विक्षत भएको छ । पिताका अनुसार दुई छोराको जन्ममा केवल ३ मिनेट फरक थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.