सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध ओसारपसारको कारोबारमा संलग्न ट्रकसहित तीनजना पक्राउ


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १४:१४ 
  • वाग्मती, ४ जेठ । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट प्रहरीले लागुऔषध गाँजा ओसारपसारको कारोबारमा संलग्न एउटा ट्रकसहित तीनजना पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालीका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् ।

    ना२ख ९८६२ नंको ट्रकको क्याभिनको भागको हुटमा फल्स बटम बनाई लुकाईछिपाई ल्याएको राखिएको १७ वटा पोकामा राखिएको करीब एक क्विन्टल लागुऔषध गाँजा सोमबार प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा पक्राउ परेका ट्रक चालक ठाडामगरलाई गरिएको अनुसन्धानपश्चात् सो कारोबारमा संलग्न अन्य दुईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विशेष सूचनाका आधारमा जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ त्रिभुवन राजपथस्थित सडक खण्डमा नामटार तर्फबाट हेटौँडातर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लुकाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरिएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.