सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्रीसहित पेट्रोलियम प्राविधिक टोली दैलेखमा


  •    /१५ असार २०७६, आईतवार २१:०० 
  • दैलेख । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको ग्यास उत्खनन सम्भावनाको प्रारम्भिक अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहितको प्राविधिक टोली पुगेको छ ।

    टोलीमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे, खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक सुधीर रजौरे, मन्त्रालयका सचिव यामकुमारी खतिवडासहित नेपाल र चिनियाँ विज्ञ तथा प्राविधिक रहनुभएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोली यहाँ आएको हो ।

    दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खननको सम्भावना अध्ययन गर्न आएको टोलीले आज पादुकाको स्थलगत अवलोकन गरेको छ । पञ्चकोशी क्षेत्र अन्तर्गत पर्ने पादुकाको अवलोकन गर्नुहुँदै मन्त्री यादवले पञ्चकोशी क्षेत्रको धार्मिक आस्थालाई जोगाउँदै पेट्रोलियम अन्वेषण शुरु गरिने बताउनुभयो ।

    “सुरुमै उत्खननको काम हुने होइन”, उहाँले भन्नुभयो, “अहिले अन्वेषणको काम मात्र हुन्छ, पेट्रोलियम पदार्थ हुन पनि सक्छ, नहुन पनि सक्छ तर हामी आशावादी बन्नुपर्छ ।” पूर्व उद्योगमन्त्री पाण्डेले आफू मन्त्री हुँदा पेट्रोलियम अन्वेषणको आधार तयार गरेको स्मरण गराउँदै वर्तमान सरकारले त्यसलाई मूर्त रुप दिन लागेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

    खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक रजौरेले दुई महीनाभित्र पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने बारे पहिल्याइने जानकारी दिनुभयो । टोलीले सोमबारदेखि दैलेखको श्रीस्थान, नाविस्थानबाट औपचारिक रुपमा अन्वेषणको काम थाल्नेछ । पेट्रोलियम खानीबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने भन्ने पहिल्याउने छ । उत्खननलागत अनुसारको व्यवसायिक उत्पादनको सम्भाव्यता यकिन गरिने विभागले जनाएको छ ।

    पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । श्रीस्थान जमीन मुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करीब तीन सय वर्षदेखि बलिरहेको स्थानीयवासी बताउँछन् ।

    दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । पेट्रोलियम अन्वेषणका लागि ‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो । चिनियाँ र नेपालको विज्ञ तथा प्राविधिक टोलीले पहिलो चरणमा दैलेखमा ड्रिलिङ साइट पहिचान गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.