सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गरिरहेका छौं : मन्त्री अर्याल


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १३:२४ 
  • काठमाडौं,४ जेठ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् ।

    गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताएकी हुन् ।

    मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधीको ओसार–पसार, मासु, अण्डा, दुधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा संञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन् ।

    अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गर्न लागिएको समेत जानकारी गराइन् ।

    यस्तै कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा बन्दाबन्दी लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिदैँ किसान तथा व्यवसायीलाई सरकारले गर्नसक्ने सहयोग बारे अध्ययन-छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि भइसकेको उनले जानकारी दिइन् ।

    यो कार्यदलले बन्दाबन्दीले किसालाई पर्न गएको असुविधा र क्षतिको मुल्यांकन गरी क्षतिपूर्ति दिने बारे पनि सुझाव दिनेछ । कृषि मन्त्री अर्यालले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको बताइन् ।

    अघिल्लो पटकजस्तो दुःख अहिले किसानले भोग्न नपरेको मन्त्री अर्यालको भनाई छ । कृषि मन्त्रालयले सबै तहका सरकार र सरोकारवालाहरु सँग समन्वय गरेर काम भइरहेको उनी बताउँछिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.