सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले कार्यदलको बैठक आज बस्दै


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १२:४९ 
  • काठमाडौं,४ जेठ । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो ।

    उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् । कार्यदलमा रावल, नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य छन् ।

    गएको ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ । त्यसका लागि २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति पनि जुटेको छ ।

    तर, दुवै तर्फको समानान्तर कमिटी निर्माण भएको र माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरुको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले सहमतिको मापदण्ड तय गर्न कार्यदल गठन भएको छ ।

    गृहमन्त्री रामबहादुर थापा बादल सहित माओवादी छोडेर आउनेहरुलाई ओलीले एमाले केन्द्रीय कमिटीमा मनोनित गर्दै महत्वपूर्ण जिम्मेवारी दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.