सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाल्पा घोषणापत्र जारी गर्दै दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलन सम्पन्न


  •    /१५ असार २०७६, आईतवार २०:४७ 
  • पाल्पा । दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलन पाल्पा घोषणापत्र जारी गर्दै सकिएको छ । तानसेनमा तीन दिनसम्म चलेको सम्मेलनले १५ बुँदे पाल्पा घोषणापत्र जारी गरेको हो ।

    सम्मेलनले नेपाल सकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र सार्वजनिक प्रशारणलगायत आमसञ्चारसँग सम्बन्धित सम्पूर्ण विधेयक दलितमैत्री बनाउन माग गरेको छ । यसका लागि सरकारले दलित समुदायका सञ्चारकर्मी र सरोकारवालासँग छलफल गरेर मात्रै विधेयक अगाडि बढाउन अनुरोध गरेको छ ।

    संवैधानिक भावनाअनुरुप नेपालका सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमको संरचनागतस्वरुप र विषयवस्तु (प्रकाशन तथा प्रसारण) को समावेशीकरण सुनिश्चित हुने नीतिगत व्यवस्था गर्न माग गरिएको छ । उक्त घोषणापत्रमा सरकारी सञ्चार संस्थामा नियुक्ति गर्दा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था गर्न माग गरिएको हो ।

    जाति, लिङ्ग र समुदायका आधारमा कुनै पनि पत्रकारमाथि विभेद गर्न नपाइने व्यवस्थाको सुनिश्चिता गर्न माग गरिएको छ । यसका साथै देशभर छरिएर रहेका दलित समुदायका पत्रकारको भौतिक र पेशागत सुरक्षाको प्रत्याभूतिको सुनिश्चितता हुनुपर्ने घोषणापत्रमा उल्लेख छ । दलित समुदायभित्र पनि दलित महिला पत्रकारको सङ्ख्या अत्यन्तै न्यून रहेकाले उनीहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

    दलित समुदायका पत्रकारको नेतृत्वमा सञ्चालित सञ्चार गृहलाई कर छुट तथा अनुदानमा सञ्चार सामग्री प्रदान गर्ने व्यवस्था र स्थानीय तहमा सञ्चालित सञ्चारमाध्यमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न राज्यका सबै तहबाट सहयोग गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

    पाल्पाको रिब्दिकोट गाउँपालिका– ४ भैरवस्थानस्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा दलित समुदायको प्रतिनिधित्व हुनुले जातीय विभेद अन्त्यका लागि सकारात्मक सन्देश प्रवाह भएको र देशभरबाट आएका दलित समुदायका पत्रकारलाई सामूहिक रुपमा मन्दिरमा पूजाअर्चना गर्ने वातावरण सिर्जना गरेकोमा मन्दिर व्यवस्थापन समितिलाई सम्मेलनले धन्यवाद ज्ञापन गरेको नेपाल पत्रकार महासङ्घका सचिव रेम विश्वकर्माले जानकारी गराउनुभयो । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना र जिल्ला शाखाको संयोजनमा सम्मेलन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.