सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्‍यु


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार ११:५९ 
  • काठमाडौँ,४ जेठ । बाँकेमा विभिन्‍न अस्पतालमा उपचाररत थप ९ जनाको मृत्‍यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखि मंगलबार बिहान ८:४५ बजेसम्‍म यी संक्रमितहरुको मृत्‍यु भएको हो।

    जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्ये ४ जना र खुर्खेत, कपिलवस्तु, दाङ, बर्दिया र रूकुम पूर्वका १/१ जना छन् ।

    यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका-१० बाँकेकी ६२ वर्षीया महिलाको सोमबार साँझ ७:४५ बजे, बाँकेकै खजुरा गाउँपालिका-२ का ८५ वर्षीय पुरूषको मंगलबार विहान ४:३० बजे, नेपालगञ्‍ज उपमहानगरपालिका-2 का ५१ वर्षीय पुरुषको मंगलबार विहान ८: ३० बजे र नेपालगञ्‍ज उपमहानगरपालिका-१९ बाँकेका ५७ वर्षीय पुरूषको मंगलबार विहान ८: ४५ बजे मृत्यु भएको छ ।

    यस्तै गुर्भाकोट नगरपालिका-१३ सुर्खेतका ६८ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो ३:४५ बजे मृत्‍यु भएको छ भने शिवराज नगरपालिका-५, कपिलवस्तुका ३८ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो ४:३० बजे मृत्‍यु भएको छ ।

    यस्तै तुलसीपुर उपमहानगरपालिका-१३ दाङका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार राति ८:० बजे मृत्‍यु भएको छ भने मधुवन नगरपालिका-७ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति ९:१५ बजे मृत्‍यु भएको छ ।

    यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत पुथा उत्तरगंगा गाउँपालिका-१० रूकुम पूर्वका ६० वर्षीय पुरूषको मंगलबार विहान ८:४० बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

    योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २४४ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १९९ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.