सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना महामारीका समस्या समाधान गर्न महिला मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १६:४६ 
  • काठमाडौं,३ जेठ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यस क्षेत्रमा परेको र पर्ने असरको न्यूनिकरण र सम्बोधन गर्नका लागि क्षेत्रगत सम्पर्क व्यक्ति तोकेको छ । क्षेत्रगत कार्ययोजना अनुसार आफ्नो कार्य सम्पादन गरी नियमित रुपमा सचिवालयमा रिर्पोटिङ गर्नका लागि मन्त्रीस्तरीय निर्णयबाट सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयले जनाएको हो ।

    मन्त्रालयमा कार्यरत ४ जना सम्बन्धित शाखा हेर्ने उपसचिवलाई सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव भुवनहरी अर्यालले जानकारी दिए । उनका अनुसार कोभिड–१९ संक्रमणबाट सम्बन्धित क्षेत्रमा परेको प्रभाव र यसको नियन्त्रण, रोकथाम तथा सम्बोधनका लागि आवश्यक समन्वय र सहजिकरणको काम सम्पर्क व्यक्तिले गर्ने छन् ।

    उनका अनुसार बाल सरक्षण तथा विकास शाखा प्रमुख शान्तिराज प्रसाईलाई बालबालिका, बेचविखन तथा ओसारपसार नियन्त्रण शाखा प्रमुख गोमादेवी ढकालाई, अपांगता अधिकार प्रवद्र्धन शाखा प्रमुख जमुना मिश्रलाई अपांगता भएका व्यक्ति र जेष्ठ नागरिक संरक्षण शाखा प्रमुख भरतराज शर्मालाई जेष्ठ नागरिक क्षेत्रको सम्पर्क व्यक्ति तोकिएको हो ।

    कोभिड–१९ बाट क्षेत्रगत रुपमा समस्यामा परेका व्यक्तिले सम्पर्क व्यक्तिसँग सिधै सम्पर्क गरेर आफ्नो समस्या राखेमा मन्त्रालयले समस्या समाधानका लागि सहजिकरण गर्ने प्रवक्ता अर्यालले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.