सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १५:४६ 
  • काभ्रेपलाञ्चोक, ३ जेठ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका हुन् ।

    गत वर्ष कोरोना सङ्क्रमणबाट मानिसको मृत्युदर उच्च बन्दै गएपछि मानिसले नछोई शव व्यवस्थापन गर्न सकिने रोबो भ्यान निर्माण थालिएको थियो । रिमोटबाट चल्ने सो भ्यानले मृत शरीरलाई अस्पतालको श्ययाबाट शव वाहनसम्म तथा शव वाहनबाट जलाउने स्थानसम्म लैजान सहयोग गर्नेछ । विशेषगरी अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न रोबो भ्यान उपयुक्त हुने जनाइएको छ ।

    “गत साल नै शुरु गरिएको रोबो भ्यान थप आर्थिक अभावका कारण रोकिएको थियो, हालै मात्र भ्यान निर्माणका लागि थप रकम आएको छ, हामी निर्माण बाँकी काम शुरु गर्दैछौँ”, भ्यानका डिजाइनर अभिषेक कार्कीले भन्नुभयो । उहाँका अनुसार गत सालको कात्तिक महिनामै निर्माण सम्पन्न हुने गरी रोबो भ्यानको निर्माण थालिएको थियो । नाष्टको पहिलो किस्ता रु तीन लाख ९५ हजारबाट निर्माण थालिए पनि समयमै दोस्रो किस्ता नआउँदा भ्यान निर्माणको काम रोकिएको थियो ।

    कार्कीले भन्नुभयो, “केही रकम त हामीले खर्चेर निर्माणलाई अघि बढाइयो, तर समयमै थप रकम नआउँदा सामग्री उपलब्ध हुन सकेन र काम त्यत्तिकै रोकिएको थियो ।” उहाँलगायत छजनाको अभियान्त्रिक कार्मशाला टोलीले उक्त रोबो भ्यान निर्माणको काम थालेको हो । शव व्यवस्थापनमा नेपालमै पहिलो प्रविधियुक्त उक्त भ्यान निर्माणमा रु १० लाख लाग्नेछ ।

    रोबो भ्यानमा डिजिटल डिभाइसमार्फत रोबोटले शव राख्ने र निकाल्ने गर्दछ । कार्कीका अनुसार भ्यानको ९० र रोबोटको ७० प्रतिशत निर्माणको काम सकिएको छ । “भ्यान र रोबोटका लागि आवश्यक रकम र सामग्री अभाव नभए अबको एक महिनामा शव व्यवस्थापनको प्रयोगमा ल्याउन सक्छौँ”, कार्कीले भन्नुभयो । भ्यान प्रयोगमा ल्याइएपछि अस्पतालमा शव व्यवस्थापनका लागि पठाइने जनशक्ति कटौती हुने बताइन्छ ।

    कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव छुन नुहने भन्ने भएपछि यससम्बन्धी प्रयोगका लागि आफूले परिकल्पना गर्दै जाँदा ‘रोबो भ्यान’को डिजाइन नै उपयुक्त लागेर स्कुल अफ इन्जिनीयरिङका आफ्ना सहपाठीको एउटा टोली बनाएको इन्जिनीयरिङका विद्यार्थी कार्कीले बताउनुभयो । “एक वर्षपछि भए पनि रोबो भ्यान निर्माणको हाम्रो लक्ष्य पूरा हुनेनैछ”, उहाँले भन्नुभयो । रोबो भ्यानको परीक्षण सफल भएमा सरोकारवालाबाट बजेट व्यवस्थापन गरी आवश्यकताअनुसार थप भ्यान निर्माण गर्न सकिनेमा अपेक्षा गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.