सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १५:२१ 
  • वाग्मती, ३ जेठ ।  वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज उद्घाटन सम्पन्न गरिएको छ ।

    गत आर्थिक वर्षबाट निर्माण शुरु भई वैशाख मसान्तसम्म निर्माण सम्पन्न भएका काठमाडौँको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोवीखोला पुल, भक्तपुरको मजुवा खोलापुल, महादेव खोलामा निर्माण भएका दुई पुल, चितवनको दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, धादिङको पलङ्खु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल, सिन्धुपाल्चोकको मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुलको आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो ।

    भिडियो कन्फरेन्समार्फत संयुक्त उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निरन्तर काममा रहेको बताउनुभयो । उहाँले यसअघि ३२ पुलको उद्घाटन भइसकेको जनाउँदै केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । पौडेलले विगतमा विकट भनिएका ठाउँमा बाटो र पुल बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिनुभयो । “हामी विकास निर्माणका काममा तल्लीन छौँ, तर अहिले महामारीका कारण हामीले हाम्रो सारा शक्ति कोभिडको महामारीलाई नियन्त्रण गर्नेतर्फ लगाएका छौँ”, पौडेलले भन्नुभयो । महामारी नियन्त्रणमा आएपछि फेरि विकास निर्माणको कामलाई तीव्रता दिने उहाँको भनाइ थियो ।

    उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्दै भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताउनुभयो । “राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र विकासप्रेमी नेता डोरमणि पौडेलको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा मुकुन्द पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बराल लगायतको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.