सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगलागीबाट लाखौँ क्षति


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १४:४१ 
  • दोलखा, ३ जेठ  । बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गङ्गाबहादुर दाहालका घरमा आगलागी भएको छ । आज बिहान करीब ११ः३० बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ ।

    स्थानीयवासी, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्शनको पानी ट्याङ्कीसमेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीयवासी सुजन दाहालले जानकारी दिनुभयो । भूकम्पले क्षति भएपछि निर्माण भएको उक्त घरमा दाहाल परिवारको बसोबास थियो । आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, रुपैयाँपैसासमेत जलेर नष्ट भएको छ ।

    विद्युतीय सर्किटबाट आगलागी भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । कुनै मानवीय क्षति नभए पनि घरबासविहीन भएका अवस्थामा तत्कालै बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकार र सहयोगी संस्थालगायत सहयोगी निकायमा अनुरोध गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । अहिले घटनास्थलमा प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरिरहेको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.