सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्यरातमा किशोरद्वारा आत्महत्या,


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १४:१८ 
  • काठमाडौँ, ३ जेठ । काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । तर, उनले बोक्ने गरेको फोनको घण्टीले चाहिँ बिहानसम्म पनि उनलाई खोजिरह्यो ।

    बिहान भाइ शौचालय जाँदा चुकुल नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शौचालयको ढोका फुटाएर शव निकालेको छ । ‘बिहान हामी पुग्दा पनि फोन बजिरहेको थियो’ घटना अनुसन्धान गरिरहेका महानगरीय प्रहरी वृत्त बालाजुका एक अधिकृतले भने, ‘आएका र मृतकले गरेका कलहरू विश्लेषण गरिरहेका छौं ।’

    रुपेशको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । उनले भने, ‘आत्महत्या गर्नुको कारणबारे अनुसन्धान गर्दै छौं ।’
    रुपेशका बुवा पूर्व प्रहरी हुन् । हवल्दारबाट अवकाश लिएर उनी परिवारसँगै बस्दै आएका छन् । गएराति १२ देखि १ बजेको बीचमा उनले आत्महत्या गरेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.