सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १३:४५ 
  • लमजुङ, ३ जेठ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले आज वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो । गाउँपालिकाका अनुसार घलेगाउँमा पाँच, भुजुङ र सिंदीमा १८-१८ वटा गरी ४१ वटा सोलार बत्ती वितरण गरेको हो ।

    पर्यटकीय गाउँ र रातिको समयमा यहाँका विभिन्न गाउँमा आउने पर्यटकदेखि स्थानीयलाई असहज भएकाले सहजताको लागि सोलार बत्ती वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय गाउँ भुजुङ, घलेगाउँ र सिंदीलाई सोलार वत्ती वितरण गर्ने निर्णय गरिएको हो ।”

    सोलार बत्ती जडान भएपछि बत्ती गएको सयमामा पनि पाहुनाको स्वागत सत्कारसँगै सार्वजनिक कार्यहरु सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, राति हुने विभिन्न घटनामा सोलार बत्तीले स्थानीयलाई धेरै सहज पुग्ने बताइएको छ । ती सोलारहरु ती गाउँका मुख्य बाटो, सार्वजनिक स्थल पार्टी पौवामा सोलार बत्ती जडान गरिने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन गरेको रु ५० लाखबाट सोलार बत्ती खरीद गरी वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

    सोलार बत्ती जडानपश्चात् रातिको समेमा बिजुली नहुँदा समेत धेरै सहज तथा सुरक्षा महशुस हुने भन्दै ती गाउँका स्थानीयवासीहरु उत्साहित एवं हर्षित भएका छन् । घरवास पर्यटनका लागि प्रसिद्ध घलेगाउँ, भुजुङमा धेरै पर्यटक आउने गर्दछन् । ­­­(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.