सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्री भन्छन् : परिस्थिती हेरेर सरकारले निर्णय लिन्छ ,एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १३:०६ 
  • काठमाडौं,३ जेठ । जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ ।

    हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ-ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन जारी गरेको छ ।

     बरिष्ठ मौसमविद् वरुण पौडेलले चक्रवातको प्रभावको कारण मौसम बदली हुने र हिमपात हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै कम्तीमा एक साता आरोहण रोक्न पर्यटन मन्त्रालयलाई सुझाव दिइएको बताए ।

    पर्यटनमन्त्री भानुभक्त ढकालले विभागको सुझावबारे परिस्थिती हेरेर अघि बढ्ने बताए । पर्यटन विभागको आरोहण शाखाकी प्रवक्ता मीरा आचार्यले सकभर आरोहण बन्द गर्ने पक्षमा आफूहरु नरहेपनि मौसम विभागको सूचनालाई लिएर छलफल भैरहेको बताइन् ।

    नेपालमा बुधबारदेखि उक्त चक्रवातको असर देखिन सुरु हुने भएको छ । यो साता घाम नलाग्ने र नेपालमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको पौडेलले बताए ।

    सुदूरपश्चिमामा हावाहुरी लाग्ने, चट्याङ पनि पर्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरे । सुदुरपश्चिम र पश्चिममा भारी वर्षा हुने भएपनि काठमाडौंमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।

    नेपालमा चक्रवातको सीधा असर नपर्ने भएपनि आइतबारदेखि मौसममा सुधार आउने विभागले जनाएको छ ।

    हिन्द महासागरदेखि सुरु भएको उक्त चक्रवात अहिले १७५ प्रतिघण्टाको बेगमा भारतमा अघि बढिरहेको छ । समुन्द्र तटीय क्षेत्र केरला र मुम्बईमा क्षति पु¥याउँदै उक्त चक्रवात गुजराततर्फ अघि बढिरहेको छ ।

    यसपटकको चक्रवातको नाम ‘ताउ-ते’ राखिएको छ । म्यानमारको भाषाको यसको अर्थ ‘माउसुली’ भन्ने हुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.