सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘कोभिड नियन्त्रणमा स्थानीय तहले सक्रियता बढाऔँ’


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १२:५७ 
  • ताप्लेजुङ, ३ जेठ ।  नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गृह जिल्लाका स्थानीय तहलाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ ।

    कोभिड रोकथाम तथा व्यवस्थापनसम्बन्धी आज जिल्लाका सरोकारवालासँगको भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्क्रमणको रोकथामका लागि स्थानीय स्तरबाट हुन सक्ने सबै किसिमका गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो । सङ्क्रमणको दर बढ्दो अवस्थामा रहेकाले आइसोलेशन निर्माण गर्नेदेखि लिएर यसबाट बच्ने उपायका सन्दर्भमा घरघरमा पुगेर जनचेतना फैलाउनुपर्ने आवश्यकता देखिएको समेत उहाँको भनाइ छ ।

    प्रत्येक वडाका वडाध्यक्षले आफ्नो नेतृत्वमा स्वास्थ्यकर्मीसहितको टोली तयार गरी घरघरमा गएर सङ्क्रमणबाट बच्ने उपायका सन्दर्भमा जानकारी गराउन सके नागरिक सङ्क्रमणबाट बच्न सक्ने बताउनुभयो । अहिलेको परिस्थितिमा आवश्यक बजेट व्यवस्थापन गरी आइसोलेशन निर्माणलगायत कोभिडको रोकथामका लागि अन्य कार्यक्रम बन्न सके भयाभव अवस्थाबाट बच्न सकिनेमा उहाँको विश्वास छ । यस्तै जिल्ला अस्पतालमा बिरामीको चाप बढेको खण्डमा स्थानीय तहका स्वास्थ्यका कर्मचारीलाई लिएरसमेत काम गर्न सकिने पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले बताउनुभयो ।

    कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि एकीकृत आइसोलेशन निर्माण, छिटोछरितो रुपमा परीक्षण, स्वास्थ्य क्षेत्रमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापनलगायतमा प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरेर सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.