सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक सातामै संक्रमितको मृत्यु , १५ लाख खर्चेर बचाउनै सकिएन’


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १२:१९ 
  • पोखरा, ३ जेठ । दाङ तुल्सीपुर ६ का ५२ वर्षीय एक पुरुष वैशाखको मध्यतिर काम विशेषले सल्यान गएका थिए । सल्यानमा पनि पुर्ख्यौली घर भएकाले आउने जाने चलिरहन्थ्यो । सल्यान गएकै बेला दाङमा निषेधाज्ञा जारी भयो, उनी त्यतै बसे ।

    वैशाख मसान्ततिर स्वास्थ्यमा समस्या देखिएपछि उनी दाङ झरे । कोरोना शंकापछि घोराहीको राप्ती लाइफकेयर अस्पतालमा परीक्षण गरियो । नतिजा नेगेटिभ आयो । संक्रमण नदेखिएपछि आफन्त आशावादी थिए ।

    तर, भइदियो उल्टो !

    अवस्था बिग्रँदै जाँदा ती पुरुषलाई श्वास फेर्नसमेत गाह्रो हुन थालेपछि अक्सिजन दिएर उपचार गर्न थालियो । वैशाख २३ गते दिन उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीले भने, ‘फोक्सोमा पनि समस्या देखियो । अब भेन्टिलेटर भएको अस्पताल खोज्नुस् । यहाँ थप उपचार गर्न सकिँदैन ।’

    दाङमा भेन्टिलेटरसहितको अस्पताल नपाएपछि उनीहरूले पोखराको अस्पतालमा उपचारको बन्दोबस्त मिलाए । तर, स्वास्थ्य गम्भीर भएकाले एम्बुलेन्सबाट समय लाग्ने भएपछि आफन्तले हेलिकप्टरबाटै पोखरा ल्याए । उपचारका लागि पोखरास्थित ग्यालेक्सी अस्पतालमा ल्याएपछि उनको पीसीआर नतिजा पोजिटिभ आयो, सँगै आइतबार उपचारकै क्रममा मृत्यु भएको छ ।

    ‘उपचार खर्च १५ लाख बढी, बचाउनै सकिएन’

    ती संक्रमितलाई दाङदेखि पोखरा ल्याउन हेलिकप्टरमा मात्र पौने ५ लाख रूपैयाँभन्दा बढी खर्च भएको आफन्त रोमहर्ष भण्डारीले बताए ।

    ‘यहाँ (दाङ) देखि पोखरा लैजान पौने ५ लाख रूपैयाँ जति खर्च लाग्यो । के गर्नु सास रहँदासम्म आश हुन्छ भन्छन् । मागेपछि दिनैपर्‍यो,’ भण्डारीले भने, ‘उहाँको उपचारमामात्रै परिवारको १५ लाख रुपैयाँभन्दा बढी खर्च गर्‍यौं । तर, बचाउनै सकेनौं ।’

    शवलाई दाङसम्म लैजान एम्बुलेन्स प्रयोग गरिएको र एम्बुलेन्सले एकतर्फीमै ७० हजार रुपैयाँ खर्च लाग्ने उनले सुनाए । ती संक्रमितको शव नगरपालिकाले नै अन्त्येष्टि तुल्सीपुर ६ का वडाध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।

    गण्डकीमा हिजो मात्र २४ घन्टामा २८ जना संक्रमितको ज्यान गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा गण्डकीका मात्रै नभइ पोखरा उपचारका लागि आएका काठमाडौं, रुपन्देही, दाङलगायत जिल्लामा संक्रमितको समेत मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.