सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री ओेली


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार ०९:३६ 
  • काठमाण्डौं, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनुभएको छ ।

    जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने पनि जनाउनुभएको छ ।

    कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक–सामाजिक रुपान्तरण तथा समाजवादको मुख्य संवाहक बनाउने आफूहरुको इमान्दार प्रयास भए पनि कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपा ९माओवादी केन्द्र० सँगको एकीकरणको अभियान निष्कर्षमा पुग्ने नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित गरी आन्दालनलनई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प गर्नुभएको छ ।

    दिवसका अवसरमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल नेतृत्व गर्नुभएको स्मरण गर्नुभएको छ ।

    उहाँले भण्डारीको नेतृत्वमा तत्कालिन समयमा पार्टीले चलाएको अभियानले नेकपा ९एमाले० एउटा नयाँ र उदीयमान शक्तिका रुपमा स्थापित भएको र त्यही जगमा पार्टी आज जनतामा लोकप्रिय भएको उल्लेख गर्दै भण्डारीले नै वहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको जनाउनुभएको छ । स्मृति दिवसका अवसरमा आज एमालेको पुरानो केन्द्रीय कार्यालय रहेको स्थान मदननगर बल्खुमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलित दिने कार्यक्रम छ । कोरोना महामारीका कारण खुल्ला कार्यक्रम आयोजना गरिएको छैन । भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.