सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेट अध्यादेशबाट आउँछ ? प्रधानमन्त्री ओली दिए जवाफ


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १६:४० 
  • काठमाडौं,२ जेठ । आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट पेश गर्न अब १३ दिन बाँकी छ। जेठ १५ मा प्रतिनिधिसभामा बजेट पेश गर्नुपर्ने भए पनि सरकारले हालसम्म संसद बजेटको अधिवेशनसमेत बोलाएको छैन। जसले गर्दा बजेट कुन प्रक्रियाबाट आउँछ भन्ने चासो बढेको छ।

    यसरी चासो बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाबट बजेट आउने वा नआउने कुने निर्णय नभएको बताएका छन्। आइतबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि बाहिरिनेक्रममा सिंहदरबारमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिनेक्रममा उनले ‘अहिले संसद जवीवितै रहेको’ बताए।

    उनले अध्यादेशबाट बजेट ल्याउने विषयमा छलफल पनि नभएको बताए। सञ्चारकर्मीहरुसँगको छोटो प्रतिक्रियामा उनले कुनै ठोस जवाफ भने दिएनन्।

    राजनीतिक खिचातानी नभएको भए यति बेला संसदको अधिवेशन जारी हुनुपथ्र्यो। र संसदमा प्रि बजेट छलफल भएको हुनुपर्ने थियो। बजेट संसदमा पेश गर्नुअघि राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम पनि पेश गर्नुपर्ने हुन्छ। र सो नीति तथा कार्यक्रम पारित भएपछि बजेट सार्वजनिक गरिन्छ।

    तर, यो पटक कसरी प्रक्रिया अगाडि बढ्छ भन्ने अन्यौल छ। खास गरी अहिले देशमा एमालेको अल्मतको सरकार छ। अल्मतको सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएन भने के हुन्छ ? त्यो पनि अन्यौल छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.