चितवन, २ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाईकल चोरी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १९ शारदानरका २० वर्षिय आकाश तामाङ, नवलपरासी (वर्दघाट–सुस्ता पूर्ब)को गैंडाकोट नगरपालिका वडानम्बर ७ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर ५ मा भाडागरी बस्ने २८ वर्षिय दुर्गा पौडेल र गैडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सीका २० वर्षिय सन्दिप आले रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित प्रेमसिंह तामाङको घरको बरन्डामा पार्किङ् गरी राखेको अवस्थामा हराएको ना ४३ प १९३३ नम्बरको मोटरसाईकल खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । मोटरसाइकल गत चैत २० गतेदेखि हराएको थियो । कार्यालयबाट खटिएका सादा पोशाकको प्रहरी अधिकृत सहितको टोली र प्रहरी बिट कृष्णपुरबाट खटिएको टोलीले अनुसन्धान तथा खोजतलासका क्रममा यही वैशाख २८ गते चोरी गर्नेमध्ये तामाङ्लाई पक्राउ गरेको थियो ।
तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा अरू दुई जना पनि पक्राउ परेका हुन । पक्राउ परेका पौडेलको कोठाबाट ना ४३ प १९३३ नम्बरको मोटरसाईकल लुकाई राखिएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सरोज गिरिले जानाकारी दिनुभयो ।
चितवन, २ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाईकल चोरी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १९ शारदानरका २० वर्षिय आकाश तामाङ, नवलपरासी (वर्दघाट–सुस्ता पूर्ब)को गैंडाकोट नगरपालिका वडानम्बर ७ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर ५ मा भाडागरी बस्ने २८ वर्षिय दुर्गा पौडेल र गैडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सीका २० वर्षिय सन्दिप आले रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित प्रेमसिंह तामाङको घरको बरन्डामा पार्किङ् गरी राखेको अवस्थामा हराएको ना ४३ प १९३३ नम्बरको मोटरसाईकल खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । मोटरसाइकल गत चैत २० गतेदेखि हराएको थियो ।
कार्यालयबाट खटिएका सादा पोशाकको प्रहरी अधिकृत सहितको टोली र प्रहरी बिट कृष्णपुरबाट खटिएको टोलीले अनुसन्धान तथा खोजतलासका क्रममा यही वैशाख २८ गते चोरी गर्नेमध्ये तामाङ्लाई पक्राउ गरेको थियो ।