सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाङमा अटो एम्बुलेन्स सञ्चालनमा


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १४:२० 
  • देउखुरी, २ जेठ । कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् । सङ्क्रमण बढ्दै जाँदा नारायणपुर, घोराही र तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन भएका छन् ।

    नाराणपुर उद्योग वाणिज्य सङ्घले कोरोनाका बिरामीलाई अस्पतालसम्म पुयाउन र पिसिआर जाँच गराउनका लागि सङ्घले अटो एम्बुलेन्स शुरु गरेको सङ्घका अध्यक्ष अभियान बस्नेतले जानकारी दिनुभयो । अहिले पाँचवटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

    सङ्घले अटो चालकको रु पाँच लाखको बीमा गरिदिएको र स्वास्थ्य सामग्री तथा पिपिई सेट उपलब्ध गराइएको उहाँले बताउनुभयो । रोटरी क्लब अफ दाङले लकडाउनका बेला बिरामीलाई सहजताका लागि थप पाँच अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

    महामारीको विषम परिस्थितिमा कोरोनासँगै अन्य रोगबाट समस्यामा परेका बिरामीलाई अस्पतालसम्म जान सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको क्लबका अध्यक्ष डा चेतनारायण पाण्डेले जानकारी दिनुभयो । पाँच अटो सञ्चालनमा ल्याएर शुरु गरिएको अटो एम्बुलेन्सलाई अहिले १० पु¥याइएको छ । अटो एम्बुलेन्सका साथै रोटरीमार्फत पाँचजना चिकित्सकले सामाजिक सञ्जालमार्फत कोरोनासम्बन्धी परामर्श प्रदान गरिहेका बताइएको छ । तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । तुलसीपुरमा बिरामीलाई सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन गरिएको छ ।

    कोरोना सङ्क्रमणदर रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण बिरामीले पछिल्लो समय सहजरुपमा एम्बुलेन्स सेवा पाउन नसकेपछि समयमै अस्पताल पुग्न सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन गर्न थालिएको हो । विपन्न नागरिकले सुलभ भाडादरमा बिरामीलाई अस्पताल लैजान÷ल्याउन सहजताका लागि अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको अटो एम्बुलेन्स सञ्चालन अभियानका संयोजक मोहन सुनारले जानकारी दिनुभयो ।

    उहाँसहित तुलसीपुरका चार युवा दीपक कुमाल, सुनिलबाबु डाँगी र अजय दुलालले संयुक्तरुपमा अटो एम्बुलेन्स सञ्चालनको अभियान शुभारम्भ गर्नुभएको हो । अटो एम्बुलेन्सले तुलसीपुर आसापासका क्षेत्रमा सेवा दिने र साबिकमै लाग्दै आएको भाडा लिने अभियानका संरक्षक कुमालले जानकारी दिनुभयो । तुलसीपुरमा अहिले तत्कालका लागि नौ अटोले बिरामीलाई एम्बुलेन्सको सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.