सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मङ्सिरमा उद्घाटन गरेको भेन्टिलेटर सञ्चालनमा आएन


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १३:३१ 
  • धादिङ, २ जेठ । गत वर्ष उद्घाटन गरिएको भेन्टिलेटर लामो समयसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष दिएको भेन्टिलेटर जिल्ला अस्पतालमा जडान गरियो । दुई भेन्टिलेटर र आठ श्ययाको आइसियु कक्षसमेत अस्पतालले निर्माण सम्पन्न ग¥यो तर भेन्टिलेटर आएको लामो समय भइसक्दा सञ्चालन हुन सकेको छैन ।

    भेन्टिलेटर सञ्चालन हुन नसक्दा कोरोना भाइरस महामारीका कारण बिरामी परेका र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्थाका बिरामीको ज्यान गइसकेको छ । दक्ष जनशक्ति र अक्सिजन व्यवस्थापन हुन नसक्दा भेन्टिलेटर भएर पनि सञ्चालन गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो । एनेस्थेसियालोजिस्ट एक, फिजिसियन एकजना र अक्सिजन प्लान्ट नभई चलाउन नसकिने भएकाले अस्पतालमा भेन्टिलेटरले बिरामी हेरेर बसिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताउनुभयो ।

    श्वासप्रश्वासमा अति कठिन पर्दासमेत मानिस बचाउन सकिने भएकाले गत वर्ष कोरोना महामारी भएका बेला वाग्मती प्रदेश सरकारले भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालले कर्मचारी अभाव र अक्सिजनको व्यवस्थापन गर्न नसक्दा अत्यावश्यक पर्ने भेन्टिलेटरसमेत सञ्चालन गर्न सकेको छैन । यहाँबाट नुवाकोट सिफारिस गरिएका दुई कोरोना सङ्क्रमित बिरामीको ज्यानसमेत गइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.