सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुईको निधनः ७०० सङ्क्रमित


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १३:१५ 
  • नुवाकोट, २ जेठ । त्रिशूली अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज निधन भएको छ । विदुर–४ बट्टारकी ३२ वर्षीया एक महिलाको कोरोनाको कारण ज्यान गएको हो ।

    श्वासप्रश्वासमा समस्या भएपछि गत वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आज ज्यान गएको अस्पतालले जनाएको छ । यस्तै आज नै किस्पाङ गाउँपालिका ५ का ३३ वर्षीय एक पुरुषको अस्पतालमा ज्यान गएको छ ।

    शनिबार अस्पताल भर्ना भएका ती युवकको स्वास्थ्यमा जटिलता थपिए पनि सघन उपचार कक्ष खाली नभएका कारण थप उपचार गर्न नसकी निधन भएको त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिनुभयो । नुवाकोटमा शनिबार २०३ जनाको परीक्षण गर्दा ८२ संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएका छ । हाल जिल्लामा ६६८ सक्रिय संक्रमित छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.