सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर पठाइयो


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १३:०९ 
  • काठमाडौँ, २ जेठ  । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ ।

    अक्सिजन नभएर कोरोना सङ्क्रमणका बिरामी आक्रान्त भएका बेला मन्त्री आलेले भरिएका अक्सिजन सिलिन्डर पठाएपछि उनीहरुका आफन्त निकै खुशी भएका छन् ।

    जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा नेपालगञ्जबाट जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूला १७ तथा साना पाँच गरी कूल २२ सिलिन्डर पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री आलेको सहयोगमा ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० भरिएका अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ ।

    जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिक निकै खुशी हुनाका साथै कोरोना सङ्क्रमितलाई उपचार गर्नमा निकै सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो । यसैगरी मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने पाँच अक्सिजन कन्सेन्टे«चर मेशिन पठाउने जानकारी दिनुभएको मेडिकल सुपरिटेन्डेन्ट जोशीले जानकारी दिनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.