सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेजले भन्यो– थप बिरामीको उपचार गर्न गाह्रो भयो


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार ११:४४ 
  • चितवन, २ जेठ । चितवन मेडिकल कलेजले कोरोना संक्रमित थप बिरामीको उपचार गर्न गाह्रो भएको जनाएको छ । कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले चितवन मेडिकल कलेजको अक्सिजन सिलिण्डरको कोटा जिल्ला प्रशासन कार्यालयले घटाएपछि बिरामीको उपचार गर्न समस्या भएको बताए ।

    अहिले कलेजको आफ्नो उत्पादन दैनिक ३ सय सिलिण्डर र बाहिरी उद्योगबाट थप ३ सय सिलिण्डरको खपत हुँदै आएको छ । ‘हामीले चार सय सिलिण्डर दैनिक माग गरेका हौं, तर जम्मा २५० मात्रै दिने कुरा भएपछि पहिल्यै जानकारी गराउन राम्रो हुने भएकाले जानकारी गरायौं,’ कलेजका प्रवन्ध निर्देशक डा. न्यौपानेले भने, ‘हामीलाई कम्तीमा पनि ३५० देखि ४ सय सिलिण्डर दैनिक चाहिन्छ ।’

    उनले एम्बुलेन्समा राख्ने जत्रो सानो सिलिण्डरबाट काम चलाइएको दुखेसो गरे । ‘जिल्लाका मात्रै हैन, जिल्ला बाहिरका पनि गम्भिर प्रकृतिका कोरोना संक्रमितको उपचार चितवन मेडिकल कलेजले गर्दै आएको छ, गम्भिर बिरामी भएपछि बढी अक्सिजनको खपत पनि हुन्छ,’ डा. न्यौपानेले भने, ‘अक्सिजनको सप्लाई नदिने हो भने, हामीले थप संक्रमितको उपचार गर्न असहज हुन्छ, अस्पतालले मात्रै सबै कुराको जोहो गर्न कसरी सक्छ ?’

    अहिले चितवन मेडिकल कलेजमा ८१ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । ती मध्ये १४८ जना कोभिड आइसियूमा, ३४ जना भेन्टिलेटरमा ३३ जना एचडीयूमा छन्।

    चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले भरतपुर अस्पतालले क्षमता बढाएको, जिल्लाका अन्य अस्पतालहरुलेसमेत कोभिडका बिरामीको उपचार थालेकाले व्यवस्थापन गर्न समस्या भएको बताए । ‘जिल्लामा जम्मा ४ सय सिलिण्डर उत्पादन हुन्छ, सबै एकैठाउँमा दिँदा त मुस्किल हुने नै भयो,’ एसपी अधिकारीले भने, ‘सकभर म्यानेज गर्न खोजिरहेका छौं, जिल्लाभन्दा बाहिरका ६२ प्रतिशत बिरामी छन्, आफ्नो मात्रै जिल्लाको व्यवस्थापन गरेर हामीलाई सुख भएन ।’ उनले अक्सिजनको उपलब्धताको बैकल्पिक व्यवस्थापनका पक्षमा पनि छलफल भैरहेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.